बिरगंज, फागुन १४ भगवान कुर्मी
पर्साको बिरगंजमा हिन्दू परिषद नेपाल केन्द्रीय कमिटीको बैठक आज सम्पन्न भएको छ।
परिषदका केन्द्रीय अध्यक्ष संतोषानन्द महाराजको अध्यक्षतामा १५ बुन्दै निर्णय गरि बैठक समपन्न भएको हो।
बैठकमा बिभिन्न प्रस्ताव माथि छलफल गर्दै देशको राष्ट्रियता बचाउन नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्नु पर्ने आवश्यक रहेको हुनाले राष्ट्र बचाऊन देश भरी एकै दिन सिडियो मार्फत प्रधानमंत्रीलाई ज्ञापन पत्र मार्फत ध्यानकर्षण गराउने निर्णय गरिएको अध्यक्ष संतोषानन्द महाराजले जनकारी दिए।
उनले देशमा धर्म निरपेक्षतासहितको संविधान लागु गरेपछि मात्र ओमकार परिवारका व्यक्तिसँग बदमासी र आस्था केन्द्रमाथि धावा बोल्ने कार्य भैरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मुलुकलाई धर्मनिरपेक्षता बनाईसँगै विश्वासामू रहेको नेपालीहरुको पहिचान पनि खोसिएको बताए।
उनका अनुसार बैठकमा संगठन बिस्तार कार्यलाई तिब्रता दिने, ठ वटै प्रदेशमा सम्मलेन गर्ने, मेची महाकाली जनजागरण कार्यक्रम गर्ने, ठठ जिल्लामा जिल्ला सम्मलेन गर्ने, सनातन हिन्दू राष्ट्र नेपालको लागी पहिलो चरणमा रिले गर्ने, प्रशिक्षण कार्यक्रम गर्ने, सामाजिक कार्यलाई बिशेष प्राथमिकता दिने,१६५ निर्वाचन क्षेत्रमा भंडाफोर कार्यक्रम गर्ने,लबजिहाद बारे स्कुल कालेज गाँउ टोलमा जनचेतना कार्यक्रम गर्ने, मठ मन्दिर सरसफाई पुजापाठ र गौ माता पूजन कार्यक्रम बिशेष संचालन गर्ने, लगायतको निर्णय गरिएको हो
बैठकमा परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष बिजय गुप्ता, प्रबक्ता सुरेश साह कानू, केन्द्रीय सदस्यहरु लालबाबू प्रसाद कुर्मी, चितरंजन श्रीवास्तव, अजीता देवी पटेल, सचितानंद दुबे, संतोष सराफ,अधिवक्ता बिनोद प्रसाद कुर्मी, अमोद कुमार केवट, बाँके बिहारी प्रसाद,उमेश साह कानू,किरण अग्रवाल लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागीता रहेको थिए।