बिरगंज, फागुन १४ भगवान कुर्मी
पैसाको चरम अभावमा ऑखाका ज्योति गुमाउने दिन गयो नाराका साथ `जनसेवा' संस्था गठन गरिएको छ । बिरगंजको कुम्मु प्यलेसमा बसेको बैठकबाट समाजिक अभियन्ता बृजेश्वर प्रसाद चौघरीको संयोजकत्वमा संस्था गठन गरिएको हो। स्वास्थ्य सेवालाई मध्य नजर गर्दै बिभिन्न बिषयमा छलफल पश्चात स्वास्थ्यमा थुप्रै समस्या रहेको हो तर एकै साथ सबै तिर सहयोग दिन सम्भव नरहेको र आखाँ जिवन चर्याको लागि नभई नहुने विषय देखिएको हुनाले आखाँको समस्या समाधान गर्न बिषेश यो संस्था गठन गरिएको समाजिक अभियन्ता चौधरले जनकारी दिए।
उनले तत्काल यो संस्था पर्सा जिल्लालाई केन्द्र बिन्दु बनाई काम गर्दै अगाडी बढने बताए।
पैसाको अभावमा धेरै जना गरिब बिपन्न परिवारका ब्यक्तिहरू आखाँ गुमाई सकेकाछन र केहि गुमाउने स्थितिमा छन तर आउदो समयमा यस्ता दुखित घटना कसैसँग नहोस् भन्ने उदेश्यले संस्था गठन गरिएको उधोग व्यवसायि सुरेश कुमार अग्रवालले जनकारी दिए।
आखाँको पिड बिगतको दिनमा धेरै जनालाई भोग्नुपरेको छ।आउदो समयमा कसैलाई यो पिडा हुदैन र हाम्रो संस्थाले अहोरात्र सेवा खटिर्हनेछ अग्रवालले प्रतिबद्धता समेत गरेका थिए।
संस्थामा उघोगी ब्वयसायी सुरेश कुमार अग्रवाल, समाजिक अभियन्ता कन्हैया पटेल,सुभावती देवी, लालबाबु सिंह, राजेन्द्र यादव, रामअयोघ्या महतो,बिनोद गुप्ता, संचारकर्मी अशोक कुमार श्रीवास्तव, दिनेश मिश्रा, भगवान कुर्मी, राम मण्डल लगायतका सदस्यहरू रहेका छन्।
केहि समय पछि आवश्यकता अनुसार जिम्मेवार बाडफाड गरि संस्था बिस्तार गरिने छ। आखाँको समस्या भएका बिरामीलाई औषधी, चश्मा, लगायत मोतियाबिंदको शल्यक्रिया सम्मको खर्च संस्थाले ब्यहोर्ने संस्थाले जनाएको हो।