बारा, फागुन १३ भगवान कुर्मी
`मिसन ग्रासरुट'सफल बनाउन जनसंगठनको महत्वपूर्ण भुमिका रहने भएको केन्द्रीय प्रतिनिधि अरबिन्द सिंहले बताएका छन्।
बाराको कलैयामा आयोजित एक कार्यक्रममा ग्रासरुट अभियान प्रभावकारी बनाउनका लागि जनसंगठनको भूमिका महत्वपूर्ण रहने बताएका हुन । उनले यो अभियानबाट पार्टी सुदृढीकरण गरि बलियो हुने बताउनु भयो । जनसंगठन देखि लिएर पार्टीको हरेक कार्यमा युवाहरुको जोरदार भुमिका रहेको हुनाले युवालाई नै अगाडी लयाउने बताउनु भयो।
आफू खटिएका पालिकासँगै जिल्लाका सबै स्थानीय तहमा खटिने केन्द्रीय प्रतिनिधिलाई ग्रासरुट अभियान सफल बनाउन जनसंगठनलाई नेता सिंहले आग्रह समेत गर्नुभयो । उहाँ जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका र बिश्रामपुर गाउँपालिकामा खटिनुभएको छ ।
कार्यक्रममा कृषि तथा पशुपंछि विकास मन्त्री तथा पार्टीका पोलिटव्यूरो सदस्य ज्वालाकुमारी साह, पोलिटव्यूरो सदस्य अच्युत मैनाली,लगायतको उपस्थितिमा २३ वटा जनवर्गीय संगठनका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीसँग छलफल गरिएको बाराका सचिव अध्यानन्द पाण्डेले जनकारी दिए।
छलफलमा पार्टीका पोलिटव्युरो सदस्य मैनाली र साहले ग्रासरुट अभियानलाई सफल बनाउनका निम्ति जनसंगठनलाई प्रभावकारी ढङ्गले परिचालन गर्न आग्रह गर्नुभएको थियो ।
अभियान अन्तर्गत फागुन २० गतेभित्र सबै जनसंगठनका जिल्ला बैठक बोलाउने र ग्रासरुटका विषयमा छलफल गर्ने निर्णय भएको छ ।