बिरगंज, फागुन १३ भगवान कुर्मी
नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद पर्सा द्वारा कृषि तथा पशुपन्छी मन्त्री ज्वाला कुमारी साहलाई आज सम्मानित गरिएको छ।
बिरगंज महानगरपालिकाको मनमोहन नगरमा रहेको नेकपा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एमालेका समानुपातिक तर्फबाट निर्वाचित सांसद प्रभु हाजरा, प्रदेश सांसद बिना शर्मालाई सम्मानित गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री साहले पार्टी भित्र रहेको बेथितिलाई समाप्त गरि पार्टीलाई गतिशील बनाउन अहिले यो `मिशन ग्रासरुट'अभियान सुरू गरिएको बताउनुभयो ।
उनले संगठनलाई सर्वोपरी मानि तल्लो स्तर देखि काम गर्दै आएका ईमान्दार कार्यकर्तालाई मुल्याङ्कन गरि अगाडी बढाउने बताउनुभयो
आउदो समयमा कृषि क्षेत्रमा देखापरेको समस्यालाई छिटो छरितो समाधान गरि किसानहरुलाई समस्या मुक्त गर्नेछु, मन्त्रि साहले प्रतिबद्धता समेत गर्नु भयो।
बुद्धिजीवी परिषद पर्साका अध्यक्ष संतोष साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश सचिवालय सदस्य, बिचारी यादव, जयप्रकाश थारु, सदस्य सम्भु गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसि लामिछाने, मधेस प्रदेश महा सचिव श्याम बान्जारा, नेकपा एमाले पर्सा जिल्ला सदस्य मन्तुरा चौधरी, अनिल हाजरा,लगायतको उपस्थिति रहेको थियो।