बिरगंज, फागुन १२
नेकपा (एमाले) को पार्टी सुदृढीकरण तथा विस्तार अभियान `मिसन ग्रासरुट'अन्तर्गत पकहाँमैनपुर गाउँपालिकामा आज गाउँपालिका स्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम पालिका अध्यक्ष अकलेश कुमार साहको अध्यक्षता र केन्द्रीय सदस्य अजय गुप्ताको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।
केन्द्रीय सदस्य अजय गुप्ताले कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकर्तालाई पार्टीका विचार, बिधि, विधान, टेकेर पार्टी भित्र चल्दै आएको ठेक्कादारी प्राथालाई समाप्त गर्न समसामयिक निर्णय गरि अगाडी बढाउन निर्देशन दिनुभयो।
उनले संगठन बलियो हो ब्यक्ति होईनन्, तल्लो स्तर देखि पार्टीको हितमा काम गरिरहेका कार्यकर्तालाई मुल्यांकन गरि अगाडी बढाउने पार्टीको बिधान हो बताउनुभयो।
नेकपा (एमाले) मधेस प्रदेश सचिवालय सदस्य जयप्रकाश थारुले पार्टीलाई गतिशील बनाउन अहिले यो `मिशन ग्रासरुट'अभियान सुरू गरिएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश सदस्य तेजप्रकाश निषाद, शिव पटेल, बिजय चौरसिया,चन्द्रभुषण तिवारी, जिल्ला सदस्य हनिफ मिया, गाउँपालिका सचिव राजेश सहनि, सह सचिव रामरुप कुर्मी, सदस्य गाया चौहान, दिनानाथ चौहान, वडा नं १ का वडा कमिटी अध्यक्ष उमेश सहनि, वडा नं २ रामशेवक पान्डे, वडा नं ३ का भगवान कुर्मी, वडा नं ४ का अनिरुद्र यादव, वडा नं ५ का रामबाबु प्र चौरसिया, नेता हमिद मिया, रामबाबु चौरसिया,मदन साह कानु लगायतको उपस्थिति रहेको थियो।