वीरगन्ज, ३ फागुन
वीरगन्ज महानगरपालिका वडा नम्बर १४ चिनीमिल आवासक्षेत्र भित्र रहेको पशुपतिनाथ मन्दिरमा शिवरात्रीको दिन खेलकुद र सांस्कृतिक कार्यक्रम सहितको मेला लाग्ने भएको छ ।
स्थानीयहरुको भेलाले फागुन ६ गते महाशिवरात्रीको दिन मन्दिर क्षेत्रमा आरती, कुश्ती र सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ ।
मेलामा नेपाल भारतका प्रख्यात कुश्ती खेलको प्रतियोगिता सहित मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रमको पनि आयोजना गर्ने निर्णय गरेको छ । कुश्ती प्रतियोगितामा भारतका २० जना र नेपालका ४० जना खेलाडीहरुको सहभागिता रहनेछ ।
मन्दिर व्यावस्थापन समितिका शम्भु प्रसाद चौरसियाले कार्यक्रमको उदघाटन गर्ने कार्यक्रमको रहेको छ । मेला व्यावस्थापन र सुरक्षाका स्थानीय ग्यालेक्सी युवा क्लब पिपरा, नवदुर्गा पूजा समिति, बौद्धिमाई युवा क्लब, राष्ट्रिय युवा क्लब, पिपरा युवा समाज, सुनौलो सम्झना युवा क्लब, जय माँ अम्बे युवा क्लब र चिनीमिल आवास क्षेत्रका युवाहरुलाई खटाईने भएको छ ।
प्रचार प्रसारका लागि नीरज पिठाकोटे, जगत राई र विश्वेश्वर पटेल गरी तीन सदस्यीय समिति गठन गरेको छ । शिवरात्रीको दिन बिहान साढे ११ बजेदेखि कुश्ती प्रतियोगिता हुने र साँझ ५ बजे आरती र प्रसाद वितरणको साथै ६ बजेपछि सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ ।