बिरगंज, माघ २७ भगवान कुर्मी
नेकपा एमाले निकट अखिल नेपाल पिछडावर्ग ९ओबिसी० महासंघ बाराको प्रथम जिल्ला अधिबेशन आज सम्पन्न भएको छ । महासंघका केन्द्रिय अध्यक्ष एवम् नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य तेजप्रकाश निषादको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमालेका मधेस प्रदेश कमिटी सदस्य रामपाल यादव , बारा जिल्ला कमिटी सचिव अद्यान्नद पान्डे, प्रसौनि गाउँपालिका प्रमुख बिनोद जयसवाल, परवानीपुर गाउँपालिका प्रमुख राम क्षेत्री प्रसाद कुर्मी, बारा सचिवालय सदस्य पुरसोतम साह, महासंघका केन्द्रीय उप महासचिव धनराज गुप्ता, केन्द्रीय सदस्य राजेश सिंहले धारणा राखेका थिए । अधिवेशनले राजेश यादवको अध्यक्षतामा ३१ सदस्यिय जिल्ला कमिटी गठन गरिको छ । नवगठित कमिटीको उपाध्यक्षमा नन्दकिशोर साह, रिता कुमारी, सचिव अनिल कुमार, सह सचिव सुरेन्द्र प्र यादव, कोषाध्यक्ष संदिप यादव, सदस्यहरुमा निता कुशवाहा, राज पटेल, राज गुप्ता, सोनालाल साह, अनुस्का जायसवाल रहेका छन । महासंघका ध्रव यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य बलबिर चौधरी,
महासंघका केन्द्रीय सदस्य लिला कुशवाहा, शंकर यादव, फेटा गाउँपालिका वडा नं २ का निर्वाचित अध्यक्ष नरेश पटेल, राष्ट्रिय युवासंघका बारा जिल्ला अध्यक्ष रुसतम अंसारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम पार्टी कार्यालय कलैयामा सम्पन्न भएको थियो ।