वीरगंज, ३०पुस
पोखरियामा मालपोत, भूमिसुधार, इलाका प्रशासन कार्यालयलगायत ( सेवाकेन्द्र स्थापनाको लागि पोखरिया ( नगरपालिकाका प्रमुख प्रद्युम्नप्रसाद चौहानको टोलीले गृहमन्त्री रवि लामिछानेलाई भेटेको छ ।
पर्साको पोखरिया जिल्लाको दोस्रो सदरमुकाम मानिए पनि मालपोत, भूमिसुधार र प्रशासनिक सेवा सुविधा यहाँको जनताले पाएको छैन ।पोखरिया आसपास ग्रामीण भेगका जनता सेवा लिन वीरगंज धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न गृहमन्त्री लामिछानेलाई नगरप्रमुख चौहानले ज्ञापनपत्र बुझाएका छन्। वीरगंज जान भाडा, खाजा, साना प्रशासनिक कामको लागि पनि दिनभरि समय लाग्ने भएकोले ज्ञापनपत्र बुझाइएको नगरप्रमुख चौहानले बताए ।
यसैगरी, पोखरियामा थप शान्ति सुरक्षा बहाल गर्न इलाका प्रहरी कार्यालय, पोखरिया ुकु श्रेणीमा परेको हुनाले प्रहरी नायव उपरीक्षकको पदस्थापना गर्न
टोलीमा प्रतिनिधिसभा सदस्य प्रभु हजरा दुसाद, पूर्वसांसद जुनेद अन्सारी, लोसपाका नेता निजामुद्दीन समानी, नेकपा एमाले पोखरिया नगर अध्यक्ष विन्ध्याचल ठाकुर, एमपी साह, सुजीत गिरी, पप्पु चौहानलगायतको सहभागिता थियो ।प्रतिक