राकेश साह
वीरगन्ज, २३ फागुन : संबिधान सभा सदस्य राजकुमार गुप्ताले सर्वोच्चको निर्णयलाई स्वागत गर्दै आज वीरगंजको घण्टाघरमा दिप प्रज्वलन गर्नुभएको छ । नेता गुप्ताको नेतृत्वमा घण्टाघरमा भेला भएका नेताहरुले दिप प्रज्जलन गरेका हुन । नेताहरुले केपी जिन्दावाद, आज होइन भोलीलाई दस बर्ष ओलीलाई, केपी ओली रेलमा भ्रष्टाचारी जेलमा लगायतका नारा लगाउदै दिप प्रज्वलित गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुप्ताले सर्वोच्चको निर्णयले सच्चा कम्युनिष्टहरु उत्साहित भएको बताउनुभयो । उहाँले पार्टी एकताको नाममा नक्कली कम्युनिष्टहरुले गरेको षड्यन्त्र असफल भएकोमा खुशी व्यक्त गरेका थिए । नेता गुप्ताले सर्वोच्चको आजको आदेशले सदनमा झण्डै ६४ प्रतिशत मत लिएर प्रधानमन्त्री बनेका ओली बिरुद्ध षड्यन्त्र गर्ने नेताको निन्द हराम हुने दावी गर्नुभयो ।
उहाँले अदालतको निर्णयले पुर्व एमाले पार्टीमा जाने र चुनाव चिन्ह सुर्य पाउने सहज वातावरण बनेकोमा न्याधिसहरुलाई धन्यवाद समेत दिएका थिए । सो अवसरमा स्ंबिधान सभा सदस्य प्रधुम्मन चौहान,केन्द्रिय सदस्य निर्मला देवकोटा, बिना शर्मा , नेपाल पत्रकार महासंघ प्रदेश २ उपाध्यक्ष केसी लामिछाने, पर्सा अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष अनुप तिवारी, पत्रकार बिकाश साह,प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, जिल्ला कमिटी सदस्य ईमरान हुसेन, संजिव मिश्र,नेताहरु लक्ष्मण चौरसिया, हनिफ अंसारी, ओविसी पर्सा अध्यक्ष एवं युवा नेता अकलेश साह, प्रमोद महतो,राजन साह, अरुण कुशवाहा, भोलाय यादव, प्रमोद पटेल,संदिप महतो, भतेआलम अंसारी,सरफुदिन अंसारी महमुद अंसारी, लगायतको उपस्थिती रहेको थियो ।