बिरगंज, २० पुष
नेकपा एमालेका निकट अखिल नेपाल पिछडावर्ग ओ बि सी महासंघका केन्द्रीय कमिटीको बैठक आज समपन्न भएको छ।
महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश निषादको अध्यक्षतामा समपन्न बैठकमा प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा पार्टीले उठाएको उम्मेदवारलाई हराउन विपक्षीसंग तालमेल गरि पार्टीसंग अन्तर्घात गर्ने ६जना केन्द्रीय सदस्यलाई कारवाही गरिएको महासंघका केन्द्रीय महासचिव जयप्रकाश महतोले जनकारी दिए।
उनले पार्टीको नियम बिपत्ति गतिबिधि गर्ने र आफ्नैं उम्मेदवारलाई हराउन चलखेल गर्ने अन्तर्घातीलाई यो संगठनमा कुनै ठाउँ नरहेकोले भन्दै रौतहटका मुनाल साह,धनुषाका सशी महतो, फुल कुमारी महतो, पर्साका प्रमोद राज पटेल, सिराहाका दिलिप कुमार दास, सर्लाहीका दिपेन्द्र साह, लगायतका ६ जना केन्द्रीय सदस्यलाई कारवाही गरिएको बताए। यो संगठन पार्टीको नियम अनुसार परिधिमा बसि पार्टी र जनताको हितमा काम गर्नु पर्ने भनाई रहेको थियो।
बैठकमा बिभिन्न बिषयमा छलफल गर्दै पार्टीको केन्द्रीय कमिटीको निर्देशन अनुसार माघ ६ गते पर्सा, माघ७ गते रौतहट, ८ गते बारा जिल्लाको अधिबेशन गर्ने निर्णय समेत गरिएको हो।
यसै गरि केन्द्रीय कमिटीको बैठकबाट महिलामा प्रदेश नं १ का निर्वाचित प्रदेश सभा सदस्य गिता रानि महतो, बिन्दवासिनी गाउँपालिका पुर्व उपाध्यक्ष किरण देबि गुप्ता र पुरुषमा रामबाबु प्रसाद चौरसिया, कौसल गुप्ता लगायतका ४ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरिएको हो।महासंघका केन्द्रीय उपाध्यक्ष अकलेश कु साहले जनकारी दिए।
बैठकमा केन्द्रीय उपाध्यक्ष ज्ञायत्री देबि, रामचन्द्र मेहता, उप महासचिव धनराज गुप्ता, सचिव सिताराम कुशवाहा, सदस्य राजेश सहनि, राजन साह कानु लगायतको उपस्थिति रहेको थियो।