वीरगंज,फागुन २१
वीरगञ्ज, २१ फाल्गुन । वीरगञ्जलाई व्यवस्थित बनाउन आज सरोकारवाला बिच छलफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेको संयोजकत्वमा भएको छलफलले ट्राफिक व्यवस्थापन, बजार व्यवस्थापन, सरसफाई तथा फोहोर व्यवस्थापन, लागु औषध दुव्र्यसन नियन्त्रण तथा सामाजिक विकृति विंगतिको विरुद्धमा अभियान सञ्चालन गर्न तदर्थ समिति गठन गरिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा न। ३, ७, ८, ९, ११, १२ र १३ का वडाअध्यक्षहरु, सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफ, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरिक्षक दिपक साह, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, समाज परिवर्तनका अध्यक्ष अकलेश साह, विर्ता युवा क्लबका राजु वर्णवाल र राइनो युवा क्लबका श्याम गुप्ता सम्मीलित तदर्थ कमिटि गठन गरिएको हो ।
गठित कमिटिले वीरगञ्जलाई व्यवस्थीत तथा सुरक्षित सँगै स्वच्छ र सुन्दर बनाउनका लागी विभिन्न योजनाहरु तर्जुमा गर्ने कमिटिका सदस्य एवम् पत्रकार राम सर्राफले बताए ।
उक्त समितिले तर्जुमा गरेका योजनाहरुलाई सोही क्षेत्रमा कार्यरत विभिन्न संघ संस्था तथा सरोकारवाला निकायसँगको हातेमालोमा कार्यन्वयन गर्ने समाज परिर्वतन नेपालका अध्यक्ष अकलेश साहले बताए ।
वीरगञ्जलाई व्यवस्थीत बनाउन विगत लामो समयदेखी विविध गतिविधिहरु भएपनि व्यवस्थित हुन सकिरहेको छैन । तदर्थ समितिको गठनले ट्राफिकसँगै फोहोर तथा बजार व्यवस्थापनमा केही सुधार हुने वीरगञ्जवासीले अपेक्षा गरेका छन् ।