बिरगंज ०२ पुस भगवान प्र कुर्मी
पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं २ जान्किटोलामा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
दाईजो एवम् समाजिक कुरीति विरुद्ध जागरण मंच र वीरगंज कपडा बैंकको संयुक्त आयोजना कार्यक्रम समपन्न भएको हो।संस्थाका संचालक सुघीर महतो केवटको अध्यक्षता र वडा अध्यक्ष नेपाली प्रसाद कुशवाहाको प्रमुख अतिथ्यमा समपन्न स्वास्थ्य शिविरमा ५३५ जना बिरामीको चेकजाँच गरिएको थियो। जसमध्ये थुप्रै जना बिरामीलाई निशुल्क औषधी समेत बितरण गरिएको समाजसेवी बृजेश्वर प्रसाद चौधरीले जनकारी दिए। उनले सहयोगी वडा कार्यालय र शुभम क्लिनिकका साथै डाक्टरहरुलाई यसरी नै आउने दिनमा पनि सहयोगको अपेक्षा संगै धन्यवाद ज्ञापन समेत गरेका थिए।
यस अवसरमा समाजसेवी शुभम क्लिनिक का प्रोपराइटर शेषनाथ सिह, डा।प्रमिला गुप्ता,डा। जैनेन्ग्र कुमार ,डा।मनोज कुमार गुप्ता,डा।नविन कुमार सिह,डा।श्यामबाबु साह,भोला कुमार,इलाक़ा प्रहरी कार्यालयका सई रबिन्द्र साह,समाजसेवी कृष्णमोहन यादव,सहरुम राउत गदी,झक्कड मियॉ,संतोष पटेल, राजन यादव,अभय देसवाल,शिव साह सोनार,उमाशंकर पाण्डे,नन्दु राम,इमेज यादव,मुना यादव,बिरु महतो ,प्रघुमन चौघरी ,राजेन्द्र यादव लगायतको सहभागिता रहेको थियो।