बिरगंज २४ मंसिर भगवान प्र कुर्मी
रेडियो वीरगन्ज द्वारा आज बृहत रक्तदान कार्यक्रम समपन्न भएको छ।तराइकै पहिलो रेडियो रेडियो बिरगंज २० वर्ष पुरा गरी २१ औँ बर्ष प्रवेश गरेको अवसरमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। रेडियो बिरगंजको परिसर भित्र भएको रक्तदान कार्यक्रममा नारायणी अस्पतालका चिकित्सक डा। उदय नारायण सिंह, बीरगन्ज हेल्थ केयरका संचालक डा।अबुल हयस अन्सारी, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जारा,मालती कुश्वाहा,माधुरी महतो,तबरेज अहमद,निर्जला यादव,पुष्पा कुमारी,लगायतका २४ महिला सहित ३ सय जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभ राज पाण्डेले जानकारी दिए ।
कार्यक्रमको समापन्नमा बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहलाई २४ महिला सहित ३ सय जनाले रक्तदान गरेको प्रमाण पत्र रक्त संचार केन्द्रको तर्फबाट हस्तान्तरण गरेका थिए ।
यो अवसरमा निवर्तमान प्रदेश सभा सदस्य राजेश्वर साह तेली, नेपाली काँग्रेसका युवा लोकेश सिंह,युवा नेता ईश्वर यादव, ओम प्रकाश सर्राफ , वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई, ग्रिन सिटी सामुदायिक केन्द्रका जय प्रकाश खेतान,लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम समापन्न गर्दै रेडियो बीरगन्जका कार्यकारी अध्यक्ष ध्रुव साहले रक्तदान कार्यक्रममा सहभागि भई कार्यक्रमलाई सफल बनाउनु हुने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन समेत गरेका थिए।