बिरगंज २६ कार्तिक
पर्साको पकहाँमैनपुर गाउँपालिकाको वडा नं २ सुर्याहामा मंसिर ४गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीमा आज वडा स्तरिय चुनावी भेला समपन्न भएको छ। वडा कमिटीका अध्यक्ष रामशेवक पान्डेको अध्यक्षता र पर्सा क्षेत्र नं ३का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा पन्चायत काल देखि कृयासिल सक्रिय सदस्य रहेका जगदिश प्रसाद साह,सुदर्शन राउत कमकर,सत्यनारायण राउत,प्रमानन्द प्रसाद राउत,लगायतका दर्जनौं नेताहरु आज नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए। पार्टी प्रवेश गर्ने नव प्रवेशहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य,एवम् सबिधान सभा सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले अबिर टिका लगाई पार्टीमा स्वागत गरेका हुन।
नेपाली कांग्रेस जनता कै भोट लिएर सतामा पुगे पछि जनता माथि नै दमन, अत्यचार गरि जनतालाई ठग्ने काम गरिरहेको हुनाले यो ठगि प्रथालाई समाप्त पार्न र देशको मुहार फेर्न एमाले रोजेको नव प्रवेशिहरुको भनाई समेत रहेको थियो।
कार्यक्रममा प्रदेश कमिटी सदस्य शिव पटेल, तेजप्रकाश निषाद, बिना शर्मा, प्रदेश सभा सदस्य उम्मेदवार मधु गुप्ता कुर्मी, जिल्ला कमिटी सदस्य रन्जु फुयाल, गाउँपालिका ईन्चार्ज बिकास पान्डे,गाउँपालिका कमिटी अध्यक्ष अकलेश कुमार साह, सचिव राजेश सहनि, नेता दिनानाथ साह, बिजय चौरसिया,रुदल ठाकुर, रामरुप कुर्मी,बिन्दु घिमिरे,हमिद मिया, रामबाबु प्र चौरसिया,गोवर्धन पटेल,मदन साह कानु, लगायतको उपस्थिति रहेको वडा कमिटी सचिव ध्रुप कमकरले जनकारी दिए।