वीरगञ्ज, ३० असोज भगवान कुर्मी
नेकपा एमालेका पर्सा क्षेत्र नं। ३ बाट प्रतिनिधी सभाका लागि उम्मेदवार बनेका राजकुमार गुप्ताको लोकप्रियता बढदै गएकोे छ।
आज पर्साको बिन्दवासिनी गाउँपालिकाको गर्दौल, बहुअर्वा भाठा, प्रसौनी,भेलाहा, हरिनगर लगायतका स्थानहरुमा भएको घरदैलो कार्यक्रममा यूवादेखि वृद्धसम्मको सद्भाव,समर्थनका साथै उत्साह जनक सहभागीताबाट नेता गुप्ताको लोकप्रियता बढेको देखिएको हो।
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका नेता गुप्ताले २०७० सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि आफ्नो क्षेत्रमा विकास निर्माण, स्वास्थ्य, शिक्षा, रोजगार लगायतका कार्यहरु लगातार गर्दै गएको हुनाले मतदाताहरु यसपटक हामीले गुप्तालाई मतदान गरि निर्वाचित गराउन कम्मर कसेर लागेको छन् ।
२०७४ सालको निर्वाचनमा पराजित भएपनि गुप्ताले निरन्तर आफ्नो क्षेत्र र जनताको साथ कहिल्यै छाडेनन् ।आफुले पराजित भए पनि आफ्नो क्षेत्रका जनताहरुलाई सर्वोपरी मानि जनताको समस्या बुझि समयमा समाधान गर्न कहिल्यै पछाडी भएको देखिएन।
घरदैलो कार्यक्रममा नेता गुप्ताले यो क्षेत्र बिगतको लामो समय देखि अलपत्र रहेको हुनाले मैले जिते पछि समृद्ध नेपाल सुखी नेपालीको नारालाई सफल बनाउदै आफ्नो क्षेत्रलाई बिकास निर्माण,शिक्षा,स्वास्थ्य, रोजगार लगायतको रुपमा एकदमै बिकसित बनाउछु आह्वान समेत गरे।उनले आफ्नो एक भोट राष्ट्र निर्माणको लागि, देश बनाउने हितमा मतदान गर्न आग्रह समेत गरेका हुन।