बिरगंज २० असोज भगवान कुर्मी
पर्साको पकहाँमैनपुर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेको आज बैठक समपन्न भएको छ।पार्टीका गाउँपालिका कमिटी अध्यक्ष अकलेश कुमार साहको अध्यक्षता र केन्द्रीय सदस्य एवम् पर्सा सह ईन्चार्ज राजकुमार गुप्ताको प्रमुख अतिथ्यमा बैठक समपन्न भएको हो।
बैठकबाट आउदों मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि २३ गते मनोनयन दर्ता कार्यक्रम भएको हुनाले कार्यक्रममा पकहाँमैनपुर गाउँपालिकाबाट दुई हजारको संख्यामा कार्यकर्ताको सहभागिता जनाउने निर्णय भएको पार्टीका गाउँपालिका कमिटीका सचिव राजेश सहनिले बताए।
बैठकमा पार्टीका मधेस प्रदेश कमिटी सदस्य तेज प्रकाश निषाद, निर्वाचन परिचालन कमिटीका अध्यक्ष बिजय चौरसिया, ओ बि सी महासंघका केन्द्रीय सदस्य राम बाबु प्र चौरसिया स्थानिय नेता गाया चौहान,राम सेवक पाण्डे,राम प्रबेश बैठा,शुभनारायन मेहता,मुक्ति चौहान, दिनानाथ चौहान, सिकेन्द्र सहनि,लाजिम मिया दर्जी, शंकर ठाकुर, मन्सा साह,बलिस्टर सहनि, लगायतको उपस्थिति रहेको सचिव राजेश सहनिले जनकारी दिए ।