वीरगन्ज ,१४ असोज भगवान कुर्मी
बारामा नेकपा एस पार्टी रित्यो।दुईजना प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा र सीता गुरुङ बिहीबार नेकपा एमालेमा फर्किेएका हुन्।
प्रदेश सभा सदस्य र एकीकृत समाजवादी बाराका अध्यक्ष समेत रहेका विश्वकर्मा। उनी बारा क्षेत्र नम्बर ४ को ९क० बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।यसैगरी गुरुङ समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी थिइन्।
तत्कालीन एमाले जिल्ला अध्यक्ष रहेका विश्वकर्माले पार्टी विभाजन हुँदा एकीकृत समाजवादी रोजेका थिए।उनीहरूसहित २५ जना नेता एकीकृत समाजवादी परित्याग गरि एमालेमा फर्किएको एमाले बाराका अध्यक्ष विनोद साहले जानकारी दिए।
उनका अनुसार एमाले फर्किनेमा केन्द्रीय परिषद् सदस्य कौशल किशोर सिहं, महेश विश्वकर्मा, मधेश प्रदेश कमिटी सदस्य दशरथ राम, विद्या थापा, मीन रहपाल ,जिल्ला कमिटी सदस्य मन्जु खनाल,अच्छेलाल राम,मुक्त सहनी,मन्जु भट्टराई लगायत रहेका हुन।
उहाँहरुलाई पार्टी अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खादा टिका लगाई पार्टीमा स्वागत गरेका हुन्।