वीरगंज,भाद्र ३१
वीरगंज वडा नम्बर २० का वडा अध्यक्ष रामकिसोर सिंह (पराग)ले आज भोजपुरी सर्ट मुभि एसिड अटैकको बिमोचन गर्नुभएको छ । बाबा बी फिल्मस वीरगंजको व्यानगरमा निर्माण गरिएको सो मुभिको वडा अध्यक्ष सिंहले बिमोचन गर्नुभएको हो ।
अनमोल पार्टी प्यालेश वीरगंजमा आयोजित बिमोचन तथा सम्मान कार्यक्रममा मुभिमा काम गरेका कलाकार,प्राबिधिक ,तथा पत्रकारहरुलाई सम्मानित गरिएको थियो । बाबा बी फिल्मसका अध्यक्ष ज्ञानेन्द्र सिंहको अध्यक्षतामा सम्पन्न बिमोचन कार्यक्रममा लोसपाका नगर अध्यक्ष ओमप्रकास सर्राफ,नेताहरु सुरेन्द्र कुर्मी, समाजसेवी प्रकाश थारु,पत्रकार जगत राई, बिवेक यादव,कलकार मुखलाल साह लगायतकाले धारणा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सिंहले समाजमा जनचेतनामुलक चलचित्र बन्नु पर्ने धारणा राख्दै त्यस्ता चलचित्रको बिकाश र सम्वद्र्धनको लागि सरकारले बिशेष प्याकेज ल्याउनुपर्ने बताउनुभयो । उहाँले भोजपुरी भाषामा निर्मित जनचेतनामुलक सर्ट मुभिहरुले गाँउ समाजमा बिद्यमान विकृति बिसंगतीहरुलाई नियन्त्रण गर्न सहज हुने बिश्वास व्यक्त गर्नुभयो । सिंहले एसिड अटैक पनि जनचेतना मुलक सट मुभि रहेको र यसले ईच्छा बिपरित माया प्रेम गाँस्न सकिन्न भन्ने संदेश दिएको बताए । उहाँले कलकार देशका गहना भएकाले कलकारको बिकाश गर्न आफु सदैव तयार रहेको र समाजलाई सजग गराउने समाजिक चलचित्र निर्माणमा आफु सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सो अवसरमा कलकारहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
बिमोचन कार्यक्रममा निर्देशक कृष्णा पंडित,कालकार रौनक प्रबिन,सोम्या पोखरेल, मुना मुस्कान ,रामजी यादव,सुरेन्द्र यादव, पशुराम कुशवाहा, मेकअप आर्टिस्ट नेहा साह, महम्द जाकिर हुसेन, बिरबल पासवान लगायत कलाकारहरुको उपस्थिती रहेको थियो । बाबा फिल्मस प्रोडक्सनले यस अघि जुल्मी दहेज, बिटिया रानी, दोस्तीका फर्ज लगायतको सर्ट मुभि निर्माण गरिसकेको लेखक कृष्ण हमराहीले जानकारी दिए । कार्यक्रमको सहजीकरण लेखक कृष्ण हमराहीले गरेका थिए ।