पकहाँमैनपुर गाउँपालिकामा एमालेको बैठक समपन्न, बिभिन्न पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ताहरु आज एमालेमा प्रवेश गरेका छन।
नेकपा एमालेका पकहाँमैनपुर गाउँपालिका कमिटीका अध्यक्ष अकलेश कुमार साहको अध्यक्षता र नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सबिधान सभा सदस्य पर्सा सह ईन्चार्ज राजकुमार गुप्ताको प्रमुख अतिथ्यामा आज गाउँपालिका स्तरिय बैठक एवम् पार्टी प्रवेश कार्यक्रम समपन्न भएको छ।
बैठकबाट, अध्यक्षमा बिजय चौरसिया, उपाध्यक्षमा अकलेश कु साह, सचिवमा राजेश सहनि, उपसचिवमा धामु शर्मा, उपेन्द्र सहनि लगायतको २१ सदस्यिय गाउँपालिका स्तरिय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो।
यसै गरि वडा नं १ मा सुरेन्द्र सहनि, वडा नं २ मा रामशेवक पान्डे, वडा नं ३ मा मदन कानु, वडा नं ४ मा राम प्रवेश बैठा लगायतको वडा स्तरिय निर्वाचन परिचालन कमिटीका साथै जालमहमद मिया, गाया चौहान, दिन्दयाल राम,बृजकिशोर यादव लगायतको निर्वाचन परिचालन बुथ कमिटी गठन गरिएको गाउँपालिका कमिटीका सचिव राजेश सहनिले जनकारी दिनुभयो।
तपाईहरु मलाई साथ दिनु यो पालिकाको जनताको लागि म सदैव अभारी रहनेछु। आउदों समयमा पकहाँमैनपुर गाउँपालिका सहित यो क्षेत्रलाई बिकास मुखिमा परिवर्तन गरि पर्सा जिल्लाको नमुना क्षेत्र बनाउनेछु। केन्द्रीय सदस्य गुप्ताले प्रतिबद्धता समेत गर्नु भयो।
कार्यक्रममा जसपा, नेपाली काङ्ग्रेस र नेकपा एस परित्याग गरि अयोध्या महतो, लालबाबु बनिया, कान्ति देबि, बृजेश प्र चौरसिया, बिजय चौरसिया, अशोक चौरसिया, लाल महमद मिया लगायतका सयौं नेता कार्यकर्ताहरु आज नेकपा एमालेमा प्रवेश गरेका हुन। पार्टी प्रवेश गर्ने नवप्रवेशिहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ता र जिल्ला कमिटी अध्यक्ष जयप्रकाश थारुले टिका लगाई पार्टीमा स्वागत गरेको गाउँपालिका कमिटीका अध्यक्ष अकलेश कु साहले बताए।
हाम्रो पालिकामा बहुमतको सरकार रहेको छ तर उनिहरुको आफ्नो ब्यक्तिगत स्वार्थ पुर्तिमा मात्र चासो देखिएको छ तपाईंहरु चिन्ता नगर्नु नेकपा एमाले सदैव पालिकाको हितको लागि काम गर्दै आएको हो। हामि त्यस्ता भ्रष्टाचारीहरुलाई भन्डाफोर गरि तह लगाउनेछौ गाउँपालिका कमिटीका अध्यक्ष अकलेश कु साहको भनाई रहेको थियो।
कार्यक्रममा प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, जिल्ला कमिटी सदस्य बिकास पान्डे, क्षेत्रिय समन्वय समितिका सन्योजक राजेश रौनियार, नेता शिव पटेल, रामबाबु प्रसाद चौरसिया, लिलेश चौहान, रामरुप प्र कुर्मी सहित स्थानिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।