वीरगंज, भाद्र २०
नेपाल फोटो पत्रकार महासंघ पर्साका नवनिर्वाचित अध्यक्ष सफल खतिवडा अहिले सक्रियता बढाएका छन । अध्यक्षमा निर्वाचित भएको दुई दिनमै कार्य समितीको पहिलो बैठक राखेर अध्यक्ष खतिवडाले अब फोटो पत्रकारको गुणस्तरमा वृद्धि हुने बताएका छन । अध्यक्ष खतिवडाले अघिल्लो कार्य समितीले गरेको भन्दा आफुले फरक गर्ने र फोटो पत्रकारहरुको वृति बिकाशमा पहल गर्ने घोषणा गरे ।
नेपाल फोटो पत्रकार महासंघ पर्साको तेस्रो अधिवेशबाट निर्वाचित नयाँ कार्य समितिको पहिलो बैठकमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवनमा बसेको बैठकले निर्वतमान अध्यक्ष विजय चौहान नेतृत्वको कार्य समितिलाई धन्यावाद ज्ञापन गरेको छ ।
जिल्ला शाखाका अध्यक्ष सफल खतिवडाको अध्यक्षतामा बसेको बैठकले भदौ २९ देखि ३१ सम्म चितवनमा हुने केन्द्रिय दोस्रो महाधिवेशको प्रतिनिधि पर्साबाट तेस्रो जिल्ला अधिवेशले चयन गरे अनुसार राम सर्राफ, पंकज श्रेष्ठ, विजय चौहान र क्रान्ति साहको नाम पठाउने सर्वसहमतिबाट निर्णय गरेको छ ।
बैठकले केन्द्रिय महाधिवेशनमा पर्साबाट सहभागि हुन तयारीको सम्पूर्ण जिम्मेवारी जिल्ला कार्य समितिका पदाधिकारीलाई दिएको छ ।
साथै बैठकले नयाँ कार्य समितिका अध्यक्ष खतिवडा र कोषाध्यक्षको नामले महासंघको आर्थिक कारोबार संचालनको लागि नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खाता संचालक परिवर्तन गर्ने पनि निर्णय गरेको महासंघ पर्साका सचिव श्रवण साहले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काको विशेष उपस्थितीमा भएको बैठकमा फोटो पत्रकार महासंघ पर्साका सदस्यहरु एसएम जहान गस्त, राजन रौनियार, विनोद पटेल, प्रणय साह, आरोहण साह, राहुल गुप्ता लगायतको उपस्थिती रहेको थियो ।