बिरगंज १९ भाद्र भगवानलाल कुर्मी
प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङबाट नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेलको नाम सिफारिस भएको छ।पुष्पलाल स्मृति भवन दिक्तेलमा आज बसेको एमाले खोटाङ जिल्ला कमिटिको बैठकले प्रत्यक्षमा नेता पौडेल सहित ७ जनाको नाम सिफारिस गरेको हो।
बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई, प्रदेश सदस्य देवन राई, प्रदेश सचिवालय सदस्य पाँचकर्ण राई, पोलिटव्युरो सदस्य विशाल भट्टराई,प्रदेश सदस्य राजन प्रसाद ढकाल लगायतको नाम सिफारिस भएको छ।
समानुपातिकतर्फ केन्द्रीय अनुशासन आयोग सदस्य कर्णबहादुर घले, जिल्ला कमिटि सचिवालय सदस्य रमेश परियार र जिल्ला कमिटि सदस्य राजकुमारी राईको नाम सिफारिस भएको हो।
प्रदेशसभा ‘क’ प्रत्यक्षतर्फ ४ र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको छ । प्रत्यक्षमा अनिषा खनाल, देवविक्रम राई, लिलानाथ निरौला र सर्वधन राईको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ अडिराम राई, उमा गुरुङ, कमल बुढाथोकी, चन्द्रसिंह बस्नेत, दुर्गा पोखरेल, निर्मला आचार्य, मनिशोभा राई, श्यामकुमार पोखरेल र सुबास राईको नाम रहेको छ ।
प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ पार्टी जिल्ला कमिटि अध्यक्ष रामप्रसाद दंगालको नाम सर्वसम्मत सिफारिस भएको छ भने समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस भएको छ । समानुपातिकमा चर्चबहादुर विश्वकर्मा, दिलचक्र राई, दुधराज तामाङ, पुर्णमाया तामाङ र भगवती प्रधानको नाम रहेको छ ।