वीरगंज,भद्र १७
नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क)को बैठक आज सम्पन्न भएको छ । वीरगंज २३ प्रसौनी बिर्तामा सम्पन्न बैठकले प्रदेश सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फ सात जना र समानुपातिक तर्फ ११ जना उम्मेवारहरुको नाम सिफारिस गरेको छ । बैठकले प्रत्यक्ष तर्फ बिचारी यादव, राजेन्द्र यादव, अमल यादव, बिनुदेवी सिलवाल, रामबाबु कुमार सिंह, मुस्तकिम अंसारी र बालेश्वर गौरोको नाम सिफारिस गरेको छ । यसैगरी बैठकले समानुपातिक तर्फ मेघराज पासवान, ताजुदिन अंसारी, रामानन्द राउत कुर्मी, संतोष पासवान, बाबुराम खनाल, लतिफन खातुन, मञ्जुर आलम, नन्दीकिसोर यादव ,रोजमहम्द मियाँँ अंसारी, सुनिता देवी यादव र मनोज पंडितको नाम सिफारिस गरेको छ । पर्सा ईन्र्चाज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा सह ईन्र्चाज अरविन्द सिंह, पर्सा अध्यक्ष जयप्रकाश थारु लगायतकाले धारणा राखेको थिए । क्षेत्र नम्बर १ (क) संयोजक अमानत अंसारीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश कमिटी सदस्य शम्भु गुप्ता, बिना शर्मा, जिल्ला कमिटी सदस्य मानदेव हजरा, संतोष पासवान, मुस्ताक अंसारी,नगर सचिव सुन्दर कुर्मी, वडा नम्बर २३का वडा अध्यक्ष अवधकिसोर कुशवाहा, २० का वडा अध्यक्ष रामकिसोर सिंह पराग,१३ का वडा अध्यक्ष हिरा गिरी, ३१ का वडा अध्यक्ष जितेन्द्र यादव, नेताहरु बासदेव देव,हबिव मियाँ, लालबाबु यादव,बिकी सिंह,ओमप्रकाश यादव, राजेश यादव, अजय मेहता ,रेयाज अहमद अंसारी लगायतको उपस्थिती थियो । यसैबिच सोही बैठकमा राप्रपा नेपाल परित्याग गरि मनोज पंडित एमालेमा प्रवेश गरेका छन। पंडितलाई पर्सा इन्र्चाज प्रभु हजरा, सह ईन्र्चाज अरबिन्द सिंह,अध्यक्ष जयप्रकाश थारु, प्रदेश कमिटी सदस्य बिचारी यादव, शम्भु गुप्ता लगायतकाले अबिर टिका लगाई पार्टीमा स्वागत गरेका थिए कार्यक्रमको सहजीकरण राकेश साहले गरेका थिए ।