बिरगंज १६ श्रावण भगवानलाल कुर्मी
हिन्दू परिषद नेपाल केन्द्रिय कमिटीले आज प्रधानमंत्री शेरबहादुर देउवालाई विभिन्न माँग राखी २१ बूंदे ज्ञापन(पत्र बुझाएको छ।परिषदका केन्द्रिय अध्यक्ष संतोषानंद जी महराज९संतोष पटेल०को नेतृत्वामा प्रधानमंत्री निवास बालुवाटार गएको टोलीले मुलुक एउटा जिम्मेवार संगठन भएको नाताले सुझाव सहित देश बचाऊँनको लागी समसामायिक बिषय समेटि ज्ञापन(पत्र बुझाएको परिषदले जनाएको छ।
देशमाधर्म निरपेक्षता सहितको संविधानलागू गरेपछि मात्र ओमकार परिवारका व्यक्तिसँग बदमासी र आस्था केन्द्र माथि धावाबोल्ने कार्य भइरहेको छ । विश्वसामु रहेको नेपालीहरुको पहिचान पनि खोसियो । मुलुकमाआज जबरजस्ती धर्म परिवर्तन, गौ हत्या र तस्करी, जल–जमीन माथि विदेशीको कुदृष्टि एवं कब्जा,मौलिक नेपाली संस्कृति माथि आक्रमण हो।आज विश्वका हरेक देशमा आफ्नो धर्म छ र त्यो मुलुकआफ्नो धर्मको नामले चिनिन्छ । हाम्रो बुझाई यो छ कि हामी नेपालीमाथि जबरजस्तीधर्म निरपेक्ष लादिएको हो ।देशलाई समृद्धि, शान्त, आपसीएकता, अखण्डता, राष्ट्रियता,बचाउन सनातन हिन्दू राष्ट्र नेपालमा कायम गरियोस् ।भन्ने मांग सहित ज्ञापन(पत्र बुझाईएको थियो। हाम्रो मांग पुरा नगरिएमा देशव्यापी जनजागरण, भण्डाफोर एवं जनसंघर्षक कार्यक्रम गर्ने बाध्यहुन नदिन ध्यानकर्षण समेत गराए।
सोहि बिषयमा परिषदका अगुवाहरु संग कुरा गर्दै प्रधानमंत्री देउवाले भने तपाईहरुको माँग प्रति म गम्भीर छु र तपाईहरुको जायज माँग हामी पूरा गर्छौ।कहा के गर्नु पर्छ भन्ने हामी सर्कुलर गर्छौ तपाईहरु निर्धक हुनुहोस ।प्रधानमंत्री ज्यूको प्रतिकृया रहेको परिषदका अध्यक्ष पटेलले बताए।
ज्ञापन(पत्र बुझाउने क्रममा हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष पिंकी महासेठ, महासचिव रामसोबित नायक,केन्द्रिय सदस्यहरु बिनोद कुर्मी, मनोज राउत,शत्रुधन साह,केन्द्रिय सल्लहकार बाँकेबिहारी प्रसाद,रौतहट जिल्ला प्रबक्ता अभिमन्यु पटेल,हिन्दूवादी अभियान्ता मनोज कलवार लगाएतको सहभागिता रहेका थिए।