बीरगन्ज १५ श्रावण भगवानलाल कुर्मी
तराई भेगका किसानहरु लामो समय सुख्खा खडेरी पछि मल को अभावमा चिन्तित देखिएका छन । तराई भेग मध्य पर्सा जिल्लामा सुख्खा पछि मनसुन सक्रिय भएपनि मल को अभाव यथावत् नै देखिएको छ।
पर्सा जिल्लाका किसान मलका लागि दैनिकी स्थानीय सरकार, सहकारी संस्था तथा कृषि समाग्री संस्थामा धाउदा पनि मल नपाएर मलको अभावले बढदो समस्याबाट किसान चिन्तित भएका छन्।
किसानको माग अनुरुप कृषि समाग्री संस्थान ले मल उपलब्ध गराउन नसकेको र पर्सा जिल्लाका १४औ स्थानिय तहका जनप्रतिनिधिहरुले कुनै किसिमको चासो नदेखाई आफुले चाहे आवश्यकता अनुसार मल नपाईएको १०० बोरि माँग गर्दा ५०र६० बोरि उपलब्ध गराउदा किसानलाइ धेरै समस्या भोग्नु परेको स्थानिय रन्जेश पटेलले बताए।
सहकारी संस्थामा मल आएको र खरिद गर्न जादा सहकारी वाडा को सिफारिस माग्ने गरेको खण्डमा सिफारिस लिएर जादा पनि मल नपाएको स्थानिय बासिको गुनासो समेत रहेको छ।
कृषि समाग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय ले वीरगञ शाखा का लागि यस वर्ष ३०५४२।१५० मेट्रिक टन खरिद गरेको छ भने हाल सम्म मा ८५६५ मेट्रिक टन बिक्री वितरण गरेको छ ।
त्यस्तै डि ए पी मल १७५७७।३०० म्याट्रिक टन खरिद गरेको छ भने ५४०३ म्याट्रिक टन बिक्री वितरण गरेको छ । त्यस्तै पोटास ३०२१।३५० मेट्रिक टन खरिद गरिएको छ ।
सोहि बिषयमा बुझ्दा कृषि समाग्री संस्था ले कृषि सहकारीहरू मार्फत गाउँपालिकाले गरेको सिफारिस को आधारमा आफुहरुले बिक्री वितरण गरेको कृषि समाग्री संस्थाका सुचना अधिकारी आलोक कुमार ले बताएका छन् ।