बिरगंज १५ श्रावण भगवानलाल कुर्मी
नेपाल कम्युनिष्ट पार्टी एमालेको मधेश प्रदेश कमिटी द्वारा आयोजना गरिएको नेकपा एमालेका नवनिर्वाचित जनप्रतिनिधि प्रशिक्षण कार्यक्रम बिरगंजको टाउन हलमा समपन्न भएकोछ।
नेकपा एमालेका मधेस प्रदेश अध्यक्ष रामअवतार यादवको अध्यक्षता र नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवम् पुर्ब अर्थमन्त्री सुरेन्द्र पान्डेको प्रमुख अतिथ्यामा कार्यक्रम समपन्न भएकोछ।
कार्यक्रम बिच नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पर्सा सह(ईनचार्ज सबिधान सभा सदस्य राजकुमार गुप्ताको पहलमा
एकिकृत समाजबादीबाट बिगतको चुनावमा पकहाँमैनपुर गाउँपालिका वडा नं २ बाट रामशेवक पान्डे, वडा नं ४ बाट हमिद मिया,वडा अध्यक्ष पदमा थोरै मतले पराजित भएका थिए।
र जनता समाजबादी पार्टीबाट रामप्रबेश बैठा, सुरेश यादव, भरत यादव, सम्भु यादव, भोला साह खेदन माझि लगाएतका १००औ नेता कार्यकर्ता एस र जसपा प्रत्याग गरि एमाले प्रवेश गरेको नेकपा एमाले पकहाँमैनपुर गाउँपालिका कमिटीका अध्यक्ष अकलेश कु साहले बताए।
एमालेमा पार्टी प्रबेश गर्ने नव प्रबेशिलाई नेकपा एमालेका केन्द्रीय सचिव एवम् मधेश प्रदेश ईनचार्ज राघुबिर महाशेठले स्वागत गरेका थिए।
उक्त कार्यक्रममा पोलिटब्युरो सदस्य एवम् जवाला साह,केन्द्रीय सदस्य एवम् पर्सा ईनचार्ज प्रभु हाजरा, केन्द्रीय सदस्य एवम् पर्सा सह(ईनचार्ज राजकुमार गुप्ता, केन्द्रीय सदस्य अर्बिनद सिंह, प्रदेश कमिटी सदस्य, बिचारी यादव, सम्भु गुप्ता, बसरुदिन अनसारी,बिना शर्मा पकहाँमैनपुर गाउँपालिका कमिटीका सचिव राजेश सहनि लगाएतका उपस्थित रहेको थियो।