बिरगंज०७ श्रावण भगवानलाल कुर्मी
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमको माध्यमले मनाईएको छ ।
स्वर्गीय पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । उनि नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको हित र स्वतन्त्रताका लागि लडाई लडे ।
पुष्पलाल १९८१ असार १५ गते रामेछापको भँगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा जन्मेका थिए।र उहा चाँहि जीवनभर संगठन विस्तारमा लागेका थिए।
राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला भाइ स्वर्गीय पुष्पलालले जीवन राजनीतिकमा विताएर एउटा छुट्टै
सन्देश दिएका थिए। उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली माक्र्सवादी विश्लेषकको रुपमा पहिचान दिएका थिए ।
२०१६ सालमा उहाँ सोभियत सङ्घमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीनभ्रमण पनि गरेका थिएँ।
२०१७ साल पौष १ गते राजाबाट चालिएको कदम पछि भूमिगत र निर्वासितजीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गरेका थिए।
निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता रहेका थिए । देशको लागि प्रेरणा रहनु भएको पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्ली स्थित अल ईण्डिया मेडिकल ईन्स्चियुटमा उपचार गराउने कर्ममा निधन भएको थियो ।