बिरगंज ३२ असार भगवानलाल कुर्मी
श्री सोमेश्वरनाथ महादेव मन्दिर बनेको जग्गा आज एक कार्यक्रम बीच जग्गा धनी बिरगंज २४ रामगढ़वा निवासी स्व:गोरख राउत कुर्मिका पुत्र पन्नालाल प्रसाद कुर्मिले ३५ लाख रुपैया मुल्य पर्ने ६ धुर जग्गा दान गरेका छन् ।कुर्मीले सोमेशवरनाथ महादेव मंदिर संरक्षण समितिको नाममा जग्गा दान गर्दै पास गरेका हुन् ।
जग्गा दाता कुर्मीलाइ शनिबार सम्मान पनि गरिएको छ । नागरिक समाज रामगढ़वा तथा मंदिर संरक्षण समितिको तर्फबाट अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मिले दोशल्ला ओढाएर कदरपत्र हस्तान्तरण गरि सम्मनित गरेका हुन्।
उक्त कार्यक्रममा मंदिर संरक्षण समितिका अध्यक्ष पन्नालाल प्रसाद कुर्मीको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, बिशिष्ठ अतिथि बिरगंज वाड न.२४ का बड़ा अध्यक्ष बिजय पटेल, अथितिमा हिन्दू परिषद नेपालका अध्यक्ष सन्तोष पटेल,ने.विश्व हिन्दू महासंघ का केंद्रीय महासचिव अभिषेक तिवारी, विश्व हिंदू परिषद नेपाल पर्सा जिल्लाका उपाध्यक्ष शम्भू महतो थारू,अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी,जसपाका युवा नेता रामानन्द पटेल, निबर्तमान बडा अध्यक्ष दसरथ पटेल,अधिवक्ता बिनोद पटेल ,पत्रकार राजेश मिश्र, पत्रकार राजेन्द्र सिंह,वरिष्ठ सामाजिक अभियंता प्रकाश थारू,हरिहर पुर काफला काँवरिया संघ पर्साका प्रमुख पंडा अजय त्रिपाठी ,रंजीत पटेल,पारश प्रसाद कुर्मी,अवधलाल प्रसाद,लक्ष्मण प्रसाद कुर्मी ,अम्बिका राउत कुर्मी लगायत रामगढ़वाका अगुवा ,बुद्धिजीवि, युवा ब्यक्तिहरु ,रामगढ़वा एकता क्लबका सम्पूर्ण टीमको सहभागिता रहेको थियो।