वीरगंज, बैशाख २६
वीरगञ्न महानगरपालिका नेकपा एमालेका उम्मेदवारहरुलाई जिताउन घरदैलो अभियानलाई तिव्रता दिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडादेखि महानगरसम्म आफ्नो लालकिल्ला बनाउने उदेश्य सहित वीरगञ्जमा एमाले र लोसपा गठबन्धनले आफ्नो चुनावी अभियान तीब्र पारेको छ ।
आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुको घर–घरमा पुग्ने कार्यलाई तीव्रता दिएका हुन् । निर्वाचन हुन केहि दिन बाकी रहदा वीरगञ्जमा ठाउँ ठाउामा सभा तथा र्याली चलिरहेको छ । वीरगञ्नका हरेक वडाहरुमा जनताका घरैमा पुगेर भोटमाग्ने वा घर दैलो र चुनावी प्रचारप्रसार कार्याक्रमहरु तिव्रताका साथ गरिरहेका छन ।
निर्वाचनका लागि प्रत्येक्ष घरमै पुगेर भोट माग्ने कार्यले भोट माग्ने र भोट दिने आम जनताहरुले नेकपा एमाले प्रति उत्सुक्ता जनाएका छन । आज वीरगञ्ज ११ एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार प्रदुमन सेढाईको नेतृत्वमा कार्याकर्ताहरुले मोटरसाइकल र्यालीसहित भोटमाग्ने, घर दैलो कार्याक्रमलाई तिव्रता पारेका छन् ।
वीरगञ्ज महानगरपालिकाका मेयर पदका बिजय कुमार सरावगी तथा उपमेयर पदका उम्मेद्वार पुरुषृोतम लाल झासहितको टोलिले वडा नं। ११ मा जनतादर्शन तथा घरदैलो गरेको हुन् । कार्यक्रममा मतदाताको उल्लेखनिय उपस्थिति बनेको थियो ।
कार्यक्रममा सहभागी उम्मेदवारहरुले चुनावको मिति नजिकै आइरहेको भन्दै आफुलाई अमुल्य मतदान गरि बिजयी गराउन अपिल गरेका छ्न । उहाँहरूले वडा नम्बर ११ सहित हरेक वडा र समग्र महानगरको बिकास, समृद्धि लागि वडादेखि महानगरसम्म एमालेको सरकार आवश्यक रहेको बताए ।
घरदैलो अभियानमा एमालेप्रति जनताको छुट्टै किसिमको आशा, भरोसा र उत्साह देखिएको सरावगीले बताउनुभयो । उहाँले जनताको यो विश्वासलाई टुट्न नदिने प्रतिवद्धता जनाउदै एमालेका उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गर्नुभएको छ । वडालाई विकास र समृद्धिको बाटोमा अघि बढाउन आफुलाई जनताले जिताउन आवश्यक रहेको मतदातासमक्ष उद्धघोष गर्नुभएको छ ।