स्थानीय तहको निर्बाचन हुन अब २४ दिनमात्र बाँकी छ । जतिजति चुनावको मित नजिकिँदै छ त्यसकै अनुपातमा चुनावी रस्साकस्सीको ताप पनि बढ्न थालेको छ । स्थानीय तहको निर्बाचनमा बीरगंज महानगरपालिकामा एक लाख पुग नपुगको हाराहारीमा मतदाता रहेको थिए भने यो निर्बाचनको लागि सवा लाख मतदाता पुगेका छन् । मतदाताहरुले जहिले पनि केही न केही नयाँपन चाहान्छन र त्यसलाई उम्मेदवाररुले दिग्भ्रमित पनि पार्न हरसम्भव प्रयास गर्ने गरेको कुरालाई बिगतका घटनक्रमले पुष्टी गरेको छ । गत निर्वाचनमा मधेश आन्दोलको राप र तापको बीचमा भएको थियो भने अहिले त्यस्तो अवस्था छैन । अव मधेश आन्दोलनलाई भजाएर मतदातालाई भ्रमित पार्ने योजना सफल हुने सम्भावना नदेखिएपछि उम्मेदवारहरुले अनेक खालको अस्वस्थ वाण प्रहारमा समेत लाग्न थालेको कुरालाई नकार्न सकिन्न ।
अहिले बिशेष गरि एमालेले बर्तमान नगरप्रमुख बिजय कुमार सरावगीलाई प्रमुखको रुपमा निर्बाचनमा खडा गरेको छ भने जसपाले राजेशमान सिँहलाई नगर प्रमुखको रुपमा प्रस्तुत गर्ने सम्भावना बलियो बन्दै गएको छ । बजारमा आएका समाचारलाई आधार मान्ने हो भने सत्ताधारी राजनीतिक दलहरु नेपाली काँग्रेस, माआवादी, जसपा, जनमोर्चा लगायत पाँच दलीय गठबन्धका बीचमा मोर्चा निर्माण हुने र त्यसले यौटै उम्मेदवार बनाएमा एमालेले प्रस्तुत गरेको उम्मेदवारलाई जिताउने पार्टीले एक्लै सबै प्रयास गर्नुपर्ने चुनौति छ । चुनावको परिणामलाई आफ्नो हातमा पार्न बिभिन्न खालको रणनीति निर्माण गरि एमाले नेतृत्वमा बनेको सरकारले गरेको लोककल्याणकारी कामलाई नगरवासिको बीचमा ब्यापक मात्रामा लग्न त्यस पार्टीका नेता कार्याकर्ताहरु कति सफल हुन्छन र जनपरिचलनलाई प्रभावकारी रुपमा संचालन गर्न सकेको खण्डमा चुनावी परिणाम राष्ट्रिय राजनीतिमा बिकास भएको देशभक्ति र स्वभिमान्को छबी बनाएका के. पी ओलीले नेतृत्व गरेको राजनीतिक दलको तर्फबाट उम्मेदवार बनेकाहरुलाई मतदाता आकर्षित हुन् सक्छन् भन्ने कुरामा आशंका छैन ।
राष्ट्रिय राजनीति जे जस्तो भएपछि स्थानीय अवस्था भने निकै फरक छ । एमालेले उम्मेदवार बनाएका बिजय सरावगी निसन्देह ब्यापारिक घरानाबाटै राजनीतिमा प्रबेश गरेक हुन तर अव भने उनी बिस्तारै परिपक्क राजनीतिज्ञको रुपमा नेतृत्व क्षमता बिकास गर्दै जान थालेपछि यौटा पक्षले उनलाई चौतर्फी रुपमा असहिष्णु र अमर्यादित गालि गलौजमा समेत उत्री रहेको कुरा समाजीक संजाल र अन्य दलले आयोजना गरेको सभा समारोेहमा समेत प्रष्टिन्छ । राजनीतिमा प्रबेश गर्नुभन्दा अघि नृसिँह, सिदार्थ स्कूल, बिभिन्न प्रहरी कार्यालय निर्माणमा नेतृत्व गर्दै बीरगंज उद्योग बाणिज्य संघ, लायन्स क्लब जस्ता संस्थामा लागेर क्षमता प्रदर्शन गरेका सरावगी यताका दिन सबैको लागि शक्तिको पात्रको रुपमा बिकास भएका छन् । लाग्छ बिजय सरावगी यती धेरै शक्तिशाली बनेको छन कि पाँच दलीय गठबन्धन हुँदा पनि सभ्य र मर्यादित भाषा प्रयोगले समेत उनलाई पराजित गर्न सक्ने सम्भावना नदेखिए पछि चुनावी आचार संहीतालाई समेत ख्याल नगरि असभ्य र समाजले नै अपाच्य मान्ने शब्द समेत प्रयोग हुनुले यो चुनावको सभ्य र शान्तिपूर्ण रुपमा कसरी सम्पन्न हुनसक्छ अनेक खालको आशंका समेत पैदा हुन थालेको छ ।
सरावगी सहभागि बिभिन्न सभा र पार्टी प्रबेश कार्यक्रमहरुमा शान्ति र अहिंसाको प्रतीकको रुपमा रहेको बिजय सरावगी नै पुन नगरप्रमुखको रुपमा बिजयी हुनुपर्ने कुरा सहभागिहरुले उठाउनु, अराजनीतिक चरित्र जस्ले ठेक्का पट्टा र पैसा कमाउनकै लागि राजनीतिलाई भ¥याङ्गको रुपमा प्रयोग गरेका ब्यक्तिले नगरको सांचो ताला आफ्नो हातमा लिए भने बीरगञ्ज गुण्डाराजमा परिणत हुने र कुरा उठ्नुले पनि अवको वीरगञ्ज महानगरको नेतृत्व कस्ले गर्नुपर्छ भन्ने बारेमा स्वतह अनुमान लगाउन सकिन्छ ।
उता हिजैमात्र आयोजना भएको पार्टी प्रबेश कार्यक्रममा नगरप्रमुख बिजज कुमार सरावगीले वीरगञ्जलाई बिकास गर्नको लागि राक्षसी र दानब प्रबृति कारक भएको धारणा राख्नुले पनि यो चार बर्ष कस्तो खालको अभिाषाप उनले बेहोर्नुप¥यो भन्ने पीडाको उदघोष गरिदिएको छ । वीरगञ्ज महानगरको बजेट झण्डै ३० करोड भन्दा बढी घाटामा चल्दा नगर प्रमुखको रुपमा पुगेका सराबगीको बीचमा त्यसको पुर्ताल गरि नगरबासीको इच्छा र आकाँक्षा पुरा गर्न निकै चुनौति थिए त्यसलाई आत्मसाथ गरि उनकै पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकार र तत्कालिन रुमपा उनकै दल केन्द्रीय सरकारमा सहभागि हुँदा समेत कुनै प्रकारका सहयोग पाएनन बरु आफ्नै स्रोत र साधनको प्रयास गर्दै वीरगञ्बासीहरुको मनमा रहेको मर्छित सपनालाई उजागर गर्ने काम गरे ।
जस अनुसार कोभिडको माहामारीमा आफ्नो ज्यानको समेत परवाह नगरी यसको संक्रमणबाट रोक्न उनले चालेको कदम राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा समेत निकै चर्चा चल्यो र कोभिड नियन्त्रणको लागि वीरगञ्ज मोडेलमा जानुपर्ने बहस समेत चल्यो । उता दशकौं देखि थाती रहेको बीरगञ्जको बसपार्कलाई आधुनिकीकरण हुनु, पुरानो बसपार्कलाई नगरपालिकाले आफ्नो नियन्त्रण लिइ त्यसलाई सिँगारिक बनाउनु, ढल निकासको लागि काम गर्नु, फोहोर मैला ब्यबस्थापनको लागि डम्पिङ्ग साइट निर्माण हुनु, आदर्शनगर एरियालाई यूरोपियन मोडेल झै सेल्फी स्टलको रुपमा बिकास गर्नु, अस्पताल जन्य फोहोरको ब्यबस्थापन गर्नु, वीरगञ्जलाई सडक मानब मुक्त गर्न मानब सेवा आश्रमलाई भवन निर्माणको लागि प्रयासको थालनी गर्नु, स्थानीय संचार माध्यमलाई दिर्घकालिन रुपमा सहयोगको लागि अलग्गै नीति निर्माण गरि नेपालमै पहिलो नगरको रुपमा पत्रपत्रिकाको बर्गिकरण गरि लोककल्याणकारी बिज्ञापन बितरण गर्नु, बीरगंजका पत्रकारको कोरोना बिमा गरि अभिभावकत्व ग्रहण गर्नु, साहित्य कला र संस्कृति एवं भाषालाई अघि बढाउन भोजपुरी प्रतिष्ठान निर्माण गर्नु, जेष्ठ नागरिक, महिला बालबालिका, र बिपन्न परिवारका छोरीलाई आफ्ले पाउने पारिश्रमिकबाट शिक्षा, दिक्षा र बिवाहा गरिदिनु, शिक्षा स्वास्थ्य, समाजीक सेवाको बिबिध क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्नु स्वरोजगार र यूवा रोजगारलाई प्राथमिकतामा राख्नुजस्ता कामले बिजय सरावगीलाई पुनः नगरप्रमुखमा जित्ने आधार हुन र यसलाई एमालेका नेता कार्यकर्ताहरुले बजारीकरण गर्न भने अबव कुनै कसर बाँकी नराख्ने गरि अघि बढ्न आवश्यक छ ।