वीरगंज,भदौ १९,राकेश साह
पर्साको पोखरीया नगरपालिका वडा नम्बर ९ सेमरवारीवर्वामा नेकपा एमालेका वडा स्तरीय वृहत भेला सम्पन्न भएको छ । एमाले नगर कमिटी अध्यक्ष भगवान कुर्मीको अध्यक्षता एवं संबिधान सभा सदस्य राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संबिधान सभा सदस्य प्रधुम्न चौहान,प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद,जिल्ला कमिटी सदस्य संजिव मिश्रा लागयतकाले धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण नगर कमिटी सचिव संतोष गिरीले सहजीकरण गरेका थिए । यसैगरी छिपहरमाई गाँउपालिका वडा नम्बर ४ तुलसीवर्वामा नेकपा एमालेका वडा स्तरीय भेला सम्पन्न भएको छ । पार्टीका गाँउपालिका अध्यक्ष प्रहलाद गुप्ताको अध्यक्षता एवं पर्सा जिल्ला अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । बैठकमा जिल्ला सचिव मनोज गुप्ता,हरिन्द्र हजरा,कमल दास तत्मा लगायतको धारणा राख्नुभएको थियो । भेलाले वडा कमिटी र युवा कमिटी गठन अध्यक्ष प्रभु हजराले जानकारी दिनुभयो ।
यसैगरी ठोरी गाँउपालिका वडा नम्बर ४ घयांगडाँडामा पनि एमालेको वडा स्तरीय भेला सम्पन्न भएको छ । पार्टीका ज्येष्ठ सदस्य तरण बहादुर मगरको अध्यक्षमा भएको भेलामा प्रमुख अतिथी पर्सा अध्यक्ष प्रभु हजरा,संबिधान सभा सदस्य जयप्रकाश थारु,जिल्ला सचिव मनोज गुप्ता,नेताहरु लालबहादुर श्रेष्ठ,ठाकुर न्यौपाने लगायतकाले धारणा राखेको थिए । कार्यक्रममा नेपाली काँग्रेस र जसपा परित्याग गरी नरबहादुर श्रेष्ठ, लालबहादुर श्रेष्ठ, रामबहादु पाखृन लगायत दुई सय जना भन्दा बढि एमाले प्रवेश गरेको अध्यक्ष हजराले जानकारी दिनुभयो । भेलाले दिलबहादुर श्रेष्ठको अध्यक्षतमा १०१ सदसिय वडा कमिटी समेत गठन गरेको छ । नवगठित सुमितको सचिवमा रामकाजी स्यांग्बो रहनु भएको छ । त्यसैगरी निरबहादुर गोलेको संयोकत्वमा ५१ सदसिय युवा संघको गठन समेत गरिएको एमालेका ठोरी गाँउपालिका अध्यक्ष खगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
यता सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा शनिवार नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ । नेकपा एमालेका जिल्ला कमिटी सदस्य जदु साह तेलीको अध्यक्षतामा सम्पन्न भेलामा वर्तमान परिवेशमा पार्टीभित्र देखिएका उतारचढावको बारेमा छलफल भएको छ । भेलाले सुरेन्द्र पासवानको अध्यक्षतामा ईकाइ समिति चयन गरेको छ । उक्त समितिको उपाध्यक्षमा श्यामकिशोर राम, सचिवमा संजोग राम, सहसचिवमा सनी रौनियार, कोषाध्यक्षमा रामबालक यादव, दुखी कुर्मी लगायत रहेका छन् । नेकपा एमालेका सखुवाप्रसौनी गाउँपालिका संयोजक बासुदेव महतो थारुले गठीत ईकाइ समितिलाई शुभकामना दिनुका साथै आगामी दिनमा संगठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । त्यसैगरी वडाका प्रत्याशी उदयशंकर रौनियारले हरेक स्थानमा संगठन विस्तार गर्नपर्ने धारणा राखेको गाउँपालिका अध्यक्षका भावी उम्मेदवार एवम् युवा नेता यशवन्त यादवले जानकारी दिए । कार्यक्रममा अशोक राम, अमिताभ साह लगायतका स्थानीय नेता, कार्यकर्ता एवम् बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।