वीरगंज, श्रावण १३
लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्ड र लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीको संयुक्त सहकार्यमा आज वीरगञ्ज कारागारमा रहेका महिला तथा पुरूष कैदी बन्दीहरूलाई स्वास्थ्यजन्य सामग्रीहरू वितरण गरिएको छ ।
सो अवसरमा कैदीहरूलाई सर्जिकल मास्क, स्यानेटरी प्याड, साबुन, स्याम्पु, कपालमा लगाउने तेल लगायतका स्वास्थ्यजन्य सामग्रीहरू वितरण गरिएको लायन्स क्लबका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन डिएन। अग्रवालले बताउनु भयो ।
लायन्स क्लबले विगतका दिनहरूमा पनि वीरगञ्ज कारागारका बन्दीहरूकालागि विभिन्न सहयोग सामग्रीहरू वितरण गर्दै आएकोमा आगामी दिनहरूमा पनि निरन्तर सहयोग रहने समेत अग्रवालले बताउनु भयो ।
लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डकी अध्यक्ष लायन सुधा कार्की थापा र लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष लायन मिनादेवी टिबडेवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स क्लबका मानद डिष्ट्रिक्ट एडभाइजर लायन पशुपति विक्रम शाह, डिष्ट्रिक्ट चेयरपर्सन लायन उषा शाह, को(चिफ डिष्ट्रिक्ट एडभाइजर लायन देव चौधरी, लायन राम बिहारी पाण्डे, वीरगञ्ज कारागारका प्रमुख कृष्ण गैरे, सामाजिक अभियन्ता फुलचन्द अग्रवाल, रिजन चेयर पर्सन लायन अनुप अग्रवाल, जोन चेयरपर्सन लायन आश्मा सिंह यादव, लायन बलराम श्रेष्ठ, डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन गुड्डी जोशी, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन विजय कुशवाहा, लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डकी सेक्रेटरी लायन भगवती सिग्देल, सदस्यहरू लायन सोनी अग्रवाल, लायन सुमिता अग्रवाल लगायत लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण लायन्स क्लबकी रिजन चेयरपर्सन लायन विजया ओझैयाले गर्नु भएको थियो