वीरगन्ज ५ साउन : विश्वव्यापी महामारी कोरोना फ़ैलीएको बेला स्वास्थ लाई ध्यान मा राखी आफुहरुले २५ जना सिमित सहभागीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको बिरगंज साइक्लिंग क्लब का अध्य्क्ष संजय अग्रवाल ले जानकारी दिए।
कसले आयोजना गरेको हो ?
बिरगंज साइक्लिंग क्लब र एन वाई इ एफ़ बिरगंज को संयुक्त आयोजनामा पहिलो पटक बिरगंजमा कोरा यात्रा शुरू भएको अध्य्क्ष संजय अग्रवाल ले जानकारी दिनु भयो१
कोरा राइड के हो ?
एन वाई ई एफ बिरगंज का अध्य्क्ष अनूप अग्रवाल भन्छन , ूकोरा भनेको प्रायस् घडीको दिशामा, धार्मिक साइटहरूको वरिपरि भक्तहरूले बनाउने परिक्रमा हो। सुरुवात नेपाल घुम्न आएका एक जर्मन नागरिकले काठमाडौँमा २०१० जुलाईको तेश्रो शनिबार साइकलमा एक राउण्ड लाएर त्यो साइकल यात्रालाई कोरा भनेका थिए। त्यसैले त्यहि यात्रालाई निरन्तरता दिदैं नेपालका विभिन्न स्थानमा यो यात्रा सुरु गरिएको हो।
बिरगंज कति पटक भयो कोरा राइड आयोजना भएको ?
पहिलो पटक बिरगंज मा कोरा यात्रा को शुरवात भएको हो ! यसपाली भने कोभिडका कारणले हामीले हाम्रो यात्राको दुरी छोट्याएर घंटाघर बाट चिनिमिल आवास क्षेत्र हुदै बायपास रोड निस्किएर भानु चौक हुँदै रजत जयन्ति बाट अन्तिममा मकालू होटल सम्म पुगेर यात्रा टुंग्याएका छौं।
को - को सहभागी भएका थिए ?
यो यात्रा मा प्रदेश न २ का ट्रैफिक प्रमुख हिमालय श्रेष्ठ, जिल्ला ट्रैफिक प्रहरी का इंस्पेक्टर सुमन कार्की, भंसार कस्टम सशत्र प्रहरी का इंस्पेक्टर सुबर्न बम ,व्यवस्थित बिरगंज का दिलीप कार्की,
बिरगंज साइक्लिंग क्लब का अध्य्क्ष संजय अग्रवाल , अनूप अग्रवाल, संदीप बनर्जी, संदीप अग्रवाल, आनंद चौधरी , हृतिक अग्रवाल, अक्षत चमरिया, बिनीत गोयल, नेहा अग्रवाल, हेमा अग्रवाल, नैंसी अग्रवाल, शालिनी अग्रवाल, सिमरन अग्रवाल, तमन्ना अग्रवाल , गरी १९ जाना पुरुष र ६ जाना महिला को सहभागिता थियो