वीरगंज, असार १३
भूमि सम्बन्धी समस्या समाधान आयोग पर्साको आयोजनामा आज स्थानीय तहहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।भूमि सम्बन्धी समस्या समाधान आयोग पर्साकी अध्यक्ष बिना शर्माको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष देवी प्रसाद ज्ञवालीले विगतका आयोगहरुले अधुरा राखेका कामहरु अहिलेको आयोगले पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकार परिवर्तन भएपनि आयोग रहीरहने अध्यक्ष ज्ञवालीको भनाई छ । नेपाल सरकारको ऐनअनुसार यो नै अन्तिम आयोग भएको बताउँदै अध्यक्ष ज्ञवालीले कार्तिक मशान्त भित्र जिल्लामा अधुरा रहेका लालपुर्जा वितरण गर्ने बताए ।
कार्यक्रममा जिल्ला समनवय समिति पर्साका संयोजक नेकमहमद अन्सारी, वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजारा लगायतले भूमि सम्बन्धी समस्याहरुको समाधानमा आयोगले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख, नगरपालिकाका नगरप्रमुख, गाउँपालिकाका अध्यक्ष, स्थानीय तहका प्रशासकिय अधिकृत, भूमि सम्बन्धी काम गर्ने स्थानीय तहका फोकल पर्सन लगायतको उपस्थिती रहेको कार्यक्रममा आयोग पर्साका विज्ञ सदस्य शिवजी गुप्ता र केन्द्रिय अध्यक्ष ज्ञवालीका स्वकिय सचिब सोम कँडेलले प्रस्तुती दिएका थिए ।
जिल्ला समन्वय अधिकारी छबीरमण भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण लेखापाल निशा दाहालले गरेकी थिइन्