पोखरिया १० असाढ
पर्सा जिल्ला को छिपहरमाइ गाउँपालिकाको १२ औ गाउँ सभा तथा आर्थिक बर्ष०७८र०७९को नीति तथा बजेट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा४० करोड ५२लाख बराबरको अनुमानित बजेट गाउँपालिका को प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह ले प्रस्तुत गर्नु भएको थियोे । छिपहरमाई गाउँपालिका को १२ औ गाउँ सभा को उदघाटन गाउँपालिका कार्यालय को सभा हल मा गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ले एक कार्यक्रम को बिच उद्घाटन गर्नु भएको थियो।गाउँ सभा बाट ०७८र०७९ को बजेट मा छिपहरमाई गाउँपालिका अध्यक्ष कुमार गुप्ता ले नयाँ नवलो योजना गापा मा लागू गर्नु भएका छन । गरिब,दलित , अतिबिपन परिवार का छोरी हरु को बिहेमा कन्यादान राशी दिने घोषणा गर्नु भएको छ। नेपाल को पहिलो गाउँपालिका छिपहरमाई रहेको गापा अध्यक्ष गुप्ता ले बताए । गरिब , दलित ,र बिपन परिवार का छोरी हरु को बिबाह मा कन्यादान अनुदान योजना राशी दिने अध्यक्ष गुप्ता ले जनाएका छन।गरिब,दलित बिपन परिवार का छोरी हरु को बिहेमा कन्यादान राशी बाट सो परिवार लाई ठूलो सहयोग पुगने गापा अध्यक्ष गुप्ता ले बताए का छन। छिपहरमाई गाउँपालिका मा जन्म लिने बालिका हरु लाई दुई लाख को बालिका स्वर्ण बिमा कार्यक्रम संचालनमा रहेको ले बिमा कार्यक्रम लाई निरन्तरता दिनु भएको छ। जन्मे को ३५ दिन भित्र जन्मदर्ता बनाई गाउँपालिका मा पेस गरेपछी गाउँपालिका ले सो बालिका २० हजार बराबर को एकमुस्ट रकम बैंंक मा बुझाए पछी बिस वर्ष मा बालिका को शिक्षा र बिबाह को लागी दुई लाख आउने यो रकम बाट सहयोग पुगने गाउँपालिका अध्यक्ष मनोज कुमार गुुुप्ता ले बताए ।अहिले को बजेट मा बिषेश प्राथमिकता शिक्षा र स्वास्थ्य को साथै छोरी हरु को बिबाह मा कन्यादान राशी , बालिका स्वर्ण बिमा कार्यक्रम , साना किसान हरु को घर परिवारमा ,धुवामुक्त ग्यास चुलो , ग्यास सलेन्डर बितरण गरिने योजना रहेको गापा अध्यक्ष गुप्ता ले जनाउनु भएको हो। गाउँपालिका मा रहेको जेस्टनागरिक,एकल महिला हरु लाई सम्मान कार्यक्रम गरिने,गाउँपालिका मा रहेको बिधार्थी हरु लाई निशुल्क कोचिङ को ब्यवस्थापन मिलाउने ।साथै सिफारिस शुल्क नलिने गापा अध्यक्ष गुप्ता ले जनाए का छन । प्रतेक वार्ड हरु मा वार्ड र गाउँपालिका मा बराबर बिकास निर्माण र अन्य काम को रकम बिन्योजन गरिएको छ। नेपाल सरकारबाट सर्शत अनुदानअन्तर्गत रु १३ करोड ६२ लाख। बितिय समिकरण ११ करोड३६ लाख ६२ हजार। राजस्व बाडफाड ६ करोड २७ लाख लगायत रहेको छ। छोरी हरु को बिहेमा कन्यादान अनुदान राशी योजना कार्यक्रम , समाजिक सुरक्षा स्वास्थ्य, शिक्षा, कृषि पर्यटन,महिला ,बालबालिका स्वर्ण बिमा लाई नियनतर्ता दिएकोछ। लगायत रहेको छ।स्वास्थ्य, शिक्षा, पोषण, बाल संरक्षण तथा सरसफाइ विपदजोखिम न्यूनीकरण र बाल केन्द्रित योजना कार्यक्रमको लागि नेपाल सरकार र अन्य बाट आउने अनुमानित बजेट जम्मा ४०करोड ५२ लाख को अनुमानित बजेटप्रस्तुत साह ले गर्नु भएको छ।बिनियोजन बजेट भएको नीति तथा कार्यक्रमगाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता को अध्यक्षतामा सम्पन भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन, प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह, जिल्ला समन्वय समिति पर्सा का सदस्य सुबास साह, ज्ञानबहादुर साह,वार्डअधयक्ष राजबली यादव, महेन्द्र साह कलवार,बिनोद साह , बालक गदी, मौजिलाल साह, लगायत कार्यपालिका सदस्य र गाउँपालिका को समपुर्ण महिला ,पुरुष को सहभागिता रहेको थियोे ।गाउँ सभा मा ईन्जिनियर प्रकास कुमार गुप्ता , लेखापाल सागर महराठा, प्रसांत कुमार गुप्ता , आईटी अौफिसर संजिव यादव, स्वास्थ्य संयोजक शम्भु साह, समेत कर्माचारी हरु को सहभागिता रहेको थियोे ।