बिरगंज , असार १
स्थानीय निकायमा बिकास निर्माणको नाममा चरम भ्रष्टाचार हुने गरेको खुलासा भएको छ । जनप्रतिनिधि ,कर्मचारीहरु र ठेकेदार बीचको आपसी मिलोमतोमा चरम अनियमिता भएको छ ।प्रत्यक्ष घटनाको रुपमा पर्साको पकाहामैनपुर गाउपालिकालाई लीन सकिनछ ।
पकाहामैनपुर गाउपालिकाका अध्यक्ष बिजय कुमार चौरसिया सहितका जनप्रतिनिधिका साथै कर्मचारीहरूले क़ानूनको धजिया उडाउदै बिकास निर्माणको रकममा चरम भ्रष्टाचार गर्दे आएको खुलासा भएको छ ।
गाउपालिकाको वडा न २ टोल मधुबनीमा धर्मशाला निर्माणमा कमसल समाग्री प्रयोग गरी रकम हिनामीना गरेको प्रमाण फेला परेको छ ।पकाहामैनपुर गाउपालिका चरम भ्रष्टाचारको नमूना बनेको छ । जनप्रतिनिधिहरुले बिकासको नाममा गरेको भ्रष्टाचार प्रति स्थानीय बसिन्दा समेत आक्रोसित भएका छन।
जनप्रतिनिधि र कर्मचारीहरूले मनपरि लुट मचाउदा पनी कार्वाही नहुदा स्थानीयले आक्रोस ब्यक्त गरेका छन । एक त बिकास निर्माणको काम नै नगरेको गरे पनि गुणस्तरहिन काम गरेको स्थानीय बासीले आरोप लगाएका छन । गाउपालिका अध्यक्ष चौरसिया सहितका जनप्रतिनिधिहरु पनि आफूहरुलाई जनताको सेवक नभई पालिकाका मालिक ठान्ने गरेका छन ।
गाउपालिकामा आएको बिकास बजेटलाई आफ्नो सम्पति जस्तै मनपरी खर्च गरी गरेका छन । पकाहामैनपुर गाउपालिकामा हुने गरेको भ्रष्टाचारको खोजी गर्ने हो भने थप प्रमाणहरु फेला परेको छ । हामीसँग़ फेला परेको प्रमाण नै भ्रष्टाचार पोल खोल्न प्रयाप्त छ ।
पकाहामैनपुर गाउपालिकाको वडा न २ टोल मधुबनीमा धर्मशालाको छत ढलानको लागी गाउपालिका अध्यक्ष चौरसियाको बजेटबाट गाउपालिकाले दिएको ४ लाखको लागतमा ढलान गरी समपन गरिएको छत १ महीना नै बितदा छत चुवन थालेको छ। यस्तै गाउपालिका अध्यक्ष चौरसियाको बजेटबाट मधुबनीमा नै ५ लाखको लागतमा ढलान गरिएको बाटो १ साल बितन लग्दा ढलान फुटन थालेको छ ।यो बिकास निर्माण कार्यमा कमसल सामग्री प्रयोग गरिएको स्थानीयहरूले बताएका छन।
यस बिषयमा गाउपालिका अध्यक्ष चौरसियासँग़ बुझदा बिकास निर्माण काममा कही कतै अनियमिता नभएको र धर्मशालाको छत चुवन थालेपंछी फेरी मर्मत तथा साम्भरका लागी ठेकेदारलाई भनेको जानकारी गराए।