वीरगंज,जेठ २६
प्रहरी चौकी सबैठ्वाको मिलोमतोमा तस्करी फस्टाएको र अवैध घरेलु मदिरा पसल संचालन भइरहेको भेटिएको छ । दिनहु यो एरिया बाट कपडा, हाड्वेयर , मेशिनरी पार्ट ,भैंसी, किराना आइटम ,आलु प्याज ,राजनिवास ,रजनीगन्धाको तस्करी भइरहेको छ ।
यस्ता महमारीको समयमा पनि प्रहरी चौकी सबैठवाको मिलोमतोमा अवैध घरेलु मदिरा पसल संचालनमा रहेको छ । महामारीको समयमा पसल बन्द गर्न लगाउने, भिडभाड गर्न नदिने जस्ता जनचेतना जगाउदै हिड्नु पर्ने प्रहरीकै संरक्षणमा अवैध मदिरा पसल संचालन हुनुले प्रहरी माथि शंका उत्पन्न भएको छ ।
कोरोना महमारी सँग सुरक्षित रहन र फैलन नदिन जिल्ला प्रसाशन पर्साले जिल्ला भरी निषेधाज्ञा र सिमानाका बन्द गरेको छ । तर सबैठ्वा मा प्रती दिन २ सयको हाराहारीमा भारतीयहरु रक्शी खान आउछन । के यसले करोना सर्दैन रु लकडाउनमा अवैध मदिरा पसल संचालन र ८०र८५ जना भारतीय लाई भट्टि पसलमा थिए ।
हो(हल्ला देखेर प्रहरी चौकी सबैठ्वाका इन्चार्ज बिटु सिह लाई जानकारी गराउदा असई सिहले आफू सँग टाइम नभएको भनेर फोन काटेको थिए । यो प्रहरीको मिलेमतो भएको प्रमाण हो । एक जना मदिरा पसल संचालकका अनुसार प्रती मदिरा पसल संचालक सँग मोटो रकम बुझी सँचालन गर्न दिएको नाम नखोल्ने सर्तमा बताएका छन् ।
प्रहरी चौकी सबैठ्वा का इन्चार्ज बिटु सिंह निकै बदनाम भएका असई हुन र उनी प्राय जसो बोडर एरियामा नै इन्चार्ज को रुपमा हाकिम लाई लोभ लालचमा पारी जानेगरेको छन । असई बिटु सिंह निकै छवि बदनाम भएका असई हुन । उनी तस्करी गराउनमा निकै खेलाडी माहीर असई हुन । यस्तै उदाहरणको लागि प्रहरी चौकी मिर्जापूरमा बस्दा गिटी ,बालुवा ,बिभिन्न किसिमको तस्करी गराएपछि निकै बदनाम भएको असई हुन ।