बिरगंज, ८ असोज
नेकपा एमालेका सांसद प्रभु हजराले पर्सा जिल्लामा पार्टी भित्र कुनै किसिमको गुटबन्दी नरहेको दावी गरेका छन ।
मंगलवार सांसद हजराले पर्सा जिल्लाको क्षेत्र नम्बर १ को क्षेत्रिय समन्वय कमिटीको बैठकलाई सम्बोधन गर्दै सो दावी गरेका हुन ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा पर्सा जिल्लाको ईन्चार्ज समेत रहेका सांसद हजराले बर्तमान जिल्ला कमिटी एकदमै चुस्त तन्दुरुस्त रहेको बताउदैं मिसन ८४लाई सफल बनाउन एक ढिक भएर आफुहरु अगाडी बढिरहेको बताउनुभयो ।
उनले भने पार्टीको अधिवेशन तथा नयाँ नेतृत्व चयन एउटा प्रकृया हो, आफ्नो जिम्मेवारीलाई आत्मसाथ गरेर आपसी तामलमेलमा पार्टीलाई कसरी बलियो बनाउन सक्न्छि भने त्यता तर्फ जोड दिएर सबै पङ्गक्तीलाई अगाडी बढन आग्रह गरेका छन । पर्सा जिल्लमा पार्टी भित्रको कमिकमजोरीलाई समाप्त पारेर नयाँ नेतृत्व चयन गर्न हामी सफल भएका छौ, अब पार्टीलाई सुदृढ, एकताबद्ध र अनुशासित रुपमा अगाडि बढाएर मिसन ८४ लाई सफल बनाउन आफुहरु लागी परेको बताए ।
कार्यकर्ताबाट नै नेता बन्ने तथा पार्टीको नेतृत्व सम्भाल्ने जिम्मेवारी पाउने प्रकृया रहेको उनको भनाई छ ।
देश बनाउने अभिभारा एमालेको कांधमा रहेको भन्दै उनले कुनै किसिमको भ्रमको जालमा नपरी पार्टीलाई बलियो बनाउने तर्फ ध्यान केन्द्रित गरेर काम गर्न आग्रह गरेका हुन ।
उनले भने देशको अवस्था तथा राजनितिक कृयाकलापले जनतामा देखिएको निरासाजनक बातावरणलाई समाप्त पार्न र देशको अवस्थालाई सुधारमा ल्याउन पार्टीका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीले बिभिन्न योजना तथा तर्जुमाहरु बनाई सकेको जिकिर गर्दै अब छिटै जनताको पक्षमा काम गरेर एमालेले देशमा परिर्वतन ल्याउने भएको जानकारी समेत दिएका छन ।
पार्टीको मुल नारा समृद्ध नेपाल सुखी नेपालीको सपनालाई टेकेर जनताको हितमा काम गर्न हाम्रो जिम्मेवारी रहेको उनको भनाई थियो ।