वीरगञ्ज, १४ जेठ : वीरगञ्ज महानगरपालिका वडा नम्बर २० अपौनी हर्पतगञ्जमा २ वर्षसम्म पनि सडक निर्माण नभएपछि स्थानीय युवाहरुले विरोध जनाएका छन् ।
शहरी विकास कार्यलयको मातहतमा रहेको वीरगञ्जको ड्राइपोर्टदेखि वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीसम्म जोड्ने ३ किलोमिटर सडक निर्माणको ठेक्का सकारेको पप्पु कन्स्ट्रक्शनले २ वर्षसम्म पनि सडक नबनाउँदा सो गाउँका बासिन्दासँगै उक्त बाटो भएर आवतजावत गर्ने यात्रुहरुले सास्ती खेप्नु परीरहेको छ ।
३१ फिटको सडक निर्माणको क्रममा बाटोमा पर्ने घरहरु भत्काउन लगाएर सडक निर्माण नगर्ने र काम शुरु गरेर अलपत्र छोड्को भन्दै नेकपाा एमालेका युवा नेता रामकिशोर सिँह ९पराग०ले आपत्ति जनाए । बाटोमा पर्नेहरुलाई ठेकेदारले भत्काउन लगाएर हालसम्म पनि सडक नबनेपछि अहिले वर्षातको समयमा सडक आहालमा परिणत भएको छ ।
सडकभरी पानी जमेर पोखरी बन्दा वरीपरीका स्थानीयको घरमा समेत पानी पसेको परागले बताए । विकास निर्माणका कार्यसँगै कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि वडाअध्यक्ष एवम् वडा कार्यालयले कुनै तदारुकता नदेखाएको परागको भनाई छ ।
युवा नेता परागको नेतृत्वमा सामाजिक सञ्जालमा विरोधका नारासहित फोटो पोस्ट गर्दै स्थानीय युवाहरुले विरोध जनाएका हुन् । उनीहरुले वडा कार्यालय अगाडी लगायकाअन्य ठाउँमा कुन काम, कति समयमा, कति बजेटमा लगायतका कुराहरु प्रस्ट हुने गरी नागरिक वडा पत्रको बोर्ड राख्नुपर्ने, शहरी विकासबाट निर्माणाधिन सडकको काम यथाशिघ्र शुरु गर्नुपर्ने, ४ वर्षको बजेट पारदर्शी हुनुपर्ने लगायतका मागसहित वडाअध्यक्ष पारस प्रसाद यादवको ध्यानाकर्षण गराएका छन् ।
युवाहरुले ‘बाटो कहिले बन्छ ?, पप्पु कहिले काम गर्छ ?, खेलकुदको बजेट कता हराउँछ रु पप्पु कन्स्ट्रक्शन कता हरायो रु कोरोनाके खातिर तयारी काथी भईल बा ?, नगर कर खाली उठि कि सुबिधा भि मिलि ?’ लगायतका नारा लेखिएको फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । स्थानीय जितेन्द्र पटेल, सुनिल दत्त साह, दिपक चौरसिया, उमेश साह, रामाजोध्या महरा, भगन महरा, बिजय सिंह लगायतका युवाहरुले विरोध जनाएका छन् ।
यता वडाअध्यक्ष पारसप्रसाद यादवले शहरी विकास कार्यालयअन्र्तगतको कामको ठेक्का सकारेको पप्पु कन्स्ट्रक्शनले आफै काम नगरेर पेटी ठेक्का मार्फत अर्को ठेकेदारलाई दिएकाले विवाद भएको बताए । पप्पु कन्स्ट्रक्शनले जिम्मा दिएको पेटी ठेकेदारले काम नगरेको र आफुले दवाव दिँदा पप्पु कन्स्ट्रक्शनले रकम नदिएको हुँदा दुई ठेकेदारको विवाद अदालतसम्म पुगेको र त्यसका मारमा वडावासी परेको भन्दै वडाअध्यक्ष यादव आफ्नो जिम्मेवारीबाट पछि हट्न खोजे ।
उनले भने, ‘ठेक्का लिएको पप्पुले काम गरेन । अनि सन्दिप भन्ने अर्कोलाई ठेक्का दियो । अनि उसले काम गरीराखेको छैन । किन नगरेको भन्दा पप्पुले पैँसा दिएको छैन ।’ अदालतको निर्णय नआउँदासम्म केही पनि पहल गर्न नसकिने अध्यक्ष यादवको भनाई छ । ३ पटक चिठि काटेर काम गर्न दवाव दिँदा पनि १ वर्षदेखि अलमलमा रहेको उनले भने । खेलकुदको बजेटबारे अध्यक्ष यादवले वडामा रहेका २ वटा सामुदायिक विद्यालय र दर्ता भएको वडाको १ वटा क्लबलाई खेलकुद सामाग्री वितरण गरिएको बताए ।
उनले भने, ‘यहाँ ५ जना युवाहरु समुह बनाएर आउँछन् । अब हामी दर्ता नभएका जो कोहीलाई पनि दिनु त भएन । त्यसैले २ वटा स्कुल र १ वटा दर्ता भएको क्लबलाई १ लाख बराबरको खेलकुद सामाग्री वितरण गरेका छौँ ।’ ६ सय वटा धाराको विषयमा भने उनले खबर निराधार भएको बताए । आफुले कहिलै पनि ६ सय धाराको कुरा नगरेको हुँदा हल्ला मात्रै भएको अध्यक्ष साहको भनाई छ ।