वीरगन्ज १४ जेठ : नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाद्धारा जिल्ला कोभिड–१९ व्यवस्थापन समितिलाई कोरोना महामारीमा प्रयोग हुने स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरेका छन । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति विरेन्द्र राज कँडेलको सभापतित्वमा भएको हस्तान्त्रण कार्यक्रममा प्रमुख अतिथी रेडक्रस प्रदेश २ का अध्यक्ष फुलमहम्मद मियाँको प्रमुख आतिथ्यतामा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर घिमिरेलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ ।
कोराना महामारी रोगबाट बचन र बचाउनका लागी प्रयोग हुने स्वास्थ्य सामाग्री सर्जिकल मास्क २० हजार पिस , आक्सिजन कन्सनटेटर–३ सेट, व्यक्तिगत सुरक्षा सुट पि.पि.ई–५०सेट गरि करिब ८ लाख मुल्य बराबरको सामाग्री हस्तान्त्रण गरिएको रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए । हस्तान्त्रण गर्दै प्रजिअ घिमिरेले महामारीको समयमा समेत विरामीहरुको लागी रक्तदान गराई विरामीहरुको लागि रगतपुर्ति, एम्बुलेन्स सेवा, जनतेतना साथै विभिन्न कार्य गर्दै आएको कुरा निकै प्रशंसनिय रहेको बताए ।
यस महामारीको समयमा रेडक्र्सले ७७ बटा जिल्लामै मानवीय सेवा कार्यमा अग्रसर रहि कोभिड(१९ रोग रोकथामका लागि विभिन्न कार्यहरु गर्दै आउनुका साथै राहत एवं सुरक्षा सामाग्रीहरु समेत हस्तान्तरण गर्दै आएकोमा प्रदेश २ को सबै जिल्लाहरुमा समेत रोगबाट वचन बचाउनको लागि सामाग्री हस्तान्तरण गर्नु पर्ने भएकोमा आज पर्सा शाखामा समेत केही सामाग्री हस्तान्तरण गरिने भएकोमा सबैलाइ कोरोनाबाट वचन र बचाउनका मापदण्डको पालना गर्न हुन प्रदेश २ का अध्यक्ष फुलमहम्मद मियाले सबैमा अनुरोध गर्नु भयो ।
विगतको लामो समय देखी जहाँ दुख त्यहा रेडक्रस भन्ने नाराका साथ मानवीय सेवा कार्यमा रेडक्रसको ठुलो सहयोग र योगदान हुदै आएको साथै कोरोना महामारीको पहिलो लहरमा समेत देशव्यापी गरिएको कार्य झै कोरोनाको दोश्रो लहरमा समेत हाम्रो हातेमालो रहिरहनेछ साथै विभिन्न कार्यमा सहयोग गरिनेछ भन्ने कुरा रेडक्रस पर्साका सभापति विरेन्द्र कंडेलले अध्यक्ष घिमिरेलाई जानकारी गराए । रेडक्रस पर्साबाट हस्तान्त्रण कार्यक्रम जिल्ला प्रशासन कार्यालयमा भएको थियो भन्ने सो कार्यक्रमका रेडक्रस प्रदेश २ का अधिकृत उमेश मिश्र, सुर्दशन श्रेष्ट, पर्सा रेडक्रसका लेखाअधिकृत विरशम्सेर प्रसाद कुर्मी, राजन श्रीवास्तव, महम्मद आलम, मन्ताज मियाँ, लक्ष्मीनारायण रायत लगायतको उपस्थिती रहेको थियो ।