वीरगञ्ज : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई संशोधन गर्ने तयारी गरेको छ। मुख्यमन्त्री सतीश कुमार सिंहले बिहीबार बोलाएको सर्वदलीय बैठकमा बजेटमा त्रुटि भएकोले सुधार गर्न सहमति खोजेका छन्। जनमत पार्टीले बजेट समान रुपमा वितरण भएको दाबी गरिरहेकै बेला मुख्यमन्त्री सिंहले बजेटमा गम्भीर त्रुटि भएकाले संशोधन गर्न विपक्षी दलहरुको साथ खोजेका छन्।
मुख्यमन्त्री सिंहले स्वीकार गरे कि सांसदहरुको योजना बजेटमा समावेश हुन नसकेको र अनधिकृत व्यक्तिहरुले समेत योजना प्रविष्ट गरेको पाइएको छ। अर्थमन्त्री भरतप्रसाद साहले भने, ूसर्वदलीय बैठकमा सांसदहरुले दिएको सुझावलाई बजेटमा सम्बोधन गरिनेछ।ू
सर्वदलीय बैठकमा सहभागी सांसदहरुले संसदीय विकासका लागि १० अर्ब रुपैयाँ विनियोजन गर्नुपर्ने माग राखेका छन्। तर, सरकारले नै बजेटमा भारी त्रुटि गरेको स्वीकार गरिसकेपछि नैतिक रुपमा जिम्मेवारी लिनुपर्ने बताउँदै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा कुमार यादवले बजेट पुनर्लेखन गर्नुपर्ने माग गरे।
जनता समाजवादी पार्टी (जसपा)नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेट पुनर्लेखन सम्भव नभएको बताउँदै अर्थमन्त्री साहले सांसदहरुको मागलाई बजेटमा सम्बोधन गरिने बताए।
प्रदेश सभामा सरकारलाई ५४ सांसदको समर्थन रहेको छ भने विपक्षमा ५० सांसद छन्। सरकारलाई समर्थन गर्ने एकजना मात्रले साथ छोड्दा सरकार ढल्ने उच्च जोखिम रहेको छ। चालु आर्थिक वर्षको ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ बजेट रहेको छ।
मुख्यमन्त्री सिंहले विगतको सरकार जस्तो चिया पसल, रेष्टुरेन्टमा योजना खरिद बिक्री कारोबार हुने अवस्था नरहेको दाबी गरेका थिए। तर, नेपालको संघीय इतिहासमा सरकारले बजेटलाई पुनर्लेखन गर्न सर्वदलीय बैठकमा सहमति जनाउनु निरीहता भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले बताए।
सम्बन्धित निकायहरुले बजेटमा सुधार गर्ने र सांसदहरुको सुझावलाई समावेश गर्ने तयारी गरिरहेको बताएका छन्।