आकाश गुप्ता
वीरगञ्ज, ११ जेठ : राष्ट्रिय युवा संघ नेपाल पर्साले ३ दिनमा वीरगञ्जका ५ सय ७० परिवारलाई राहत सामाग्री वितरण गरेको छ । कोरोना नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा प्रभावित बनेका अति गरिब परिवारको लागि राष्ट्रिय युवा संघ नेपाल पसाले आज तेश्रो दिन पनि देखि राहत समाग्री वितरण गरेको हो । निषेधाज्ञामा दैनिक ज्यालादारी, मजदुरी गर्ने अति बिपन्न र गरिव परिवारका सदस्य कोही पनि भौकै नसुतोस् भन्ने उद्देश्यले जिल्लाभरी राहत बितरण कार्यक्रम शुरु गरिएको संघका पर्सा अध्यक्ष महम्मद निजामले बताएका छन् । उनले दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा अति बिपन्न र गरिव परिवारको लागि हेल्प डेस्क सञ्चालन गरेको जनाए । हेल्प डेस्कमा सम्र्पक गरेको व्यक्तिलाई युवा संघको टोलीले घरमै राहत पु¥याउने गरेको अध्यक्ष निजामले बताएका छन् । संघले सुरु गरेको राहत वितरण कार्यक्रममा सहयोगी दाताहरुको हात जुट्न थालेको बताए । आइतबार देखि सुरु भएको हेल्प डेस्कमा सन्तोष साह (नेबिल बैंक), मनिष सिंह (एनआई क्यामपस), छिपहरमाइ गा.पा मेयर मनोज गुप्ता, साबिन बस्नेत, निसन्त लामिछाने, डा. अनुज यादव, डा. कैशल, आलोक चौरसीया, सन्तोष पटेल, रोशन श्रेष्ठ, रोशन गुप्ता, मुकेश सिंह, गोविन्द, वडाध्यक्ष राजकिशोर गुप्ता, अजित मिश्रा लगाएतका दाताहरुले सहयोग गरेको अध्यक्ष निजामले जनाएका छन् । हेल्प डेस्कबाट वीरगञ्जका विभिन्न ठाउका ३ दिनमा वीरगञ्जका ५ सय ७० जनालाई राहत दिएको हेल्प डेस्कका सयोजक रवि गुप्ताले जानकारी दिएका छन् । गुप्ताले प्रति परिवारलाई १० के.जी, चामल २ के.जी आलु, २ के.जी, प्याज १ के.जी दाल, नुन १ प्यकेट, तेल १ प्यकेट सहित राहत बितरण गरिएको जानकारी दिए । राहत वितरण कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य रवि गुप्ता, चन्दन गुप्ता, नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य अकलेश साह, संघका सदस्यहरु राकेश साह, हेमन्त तामाङ, प्रकाश रौनियार, दाउद हवारी, दिलिप रौनियार, कुनान पटेल, मुकेश साह र विकास साह लगायतको सक्रिय सहभागिता रहेको थियो ।