वीरगन्ज १० जेठ : राष्ट्रिय युवा संघ नेपाल पर्साले वीरगञ्जका ३ सय २६ परिवारलाई राहत सामाग्री वितरण गरेको छ । कोरोना नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा प्रभावित बनेका अति गरिब परिवारको लागि राष्ट्रिय युवा संघ नेपाल पसाले आज दोश्रो दिन पनि देखि राहत समाग्री बितरण गरेको छ । निषेधाज्ञामा दैनिक ज्यालादारी, मजदुरी गर्ने अति बिपन्न र गरिव परिवारका सदस्य कोइ पनि भौकै नसुतोस भन्ने उदेश्यले जिल्लाभरी राहत बितरण कार्यक्रम शुरु गरएिको संघका पर्सा अध्यक्ष महम्मद निजामले बताउँनु भयो । उहाले दैनिक ज्यालादारी, मजदुरी गर्ने अति बिपन्न र गरिव परिवारको लागि हेल्प डेस्क संनचाल गरेको बताउनुभयो ।
हेल्प डेस्कमा सम्र्पक गरेको व्यत्तिलाई युवा संघको टोलिले घरमै राहत पु¥याउने गरेको अध्यक्ष निजामले बताउँनु भयो । संघले सुरु गरेको राहत वितरण कार्यक्रममा सहयोगी दाताहरुको हात जुट्न थालेको बताउनुभयो ।
हिजो देखि सुरु भएको हेल्प डेस्कमा सन्तोष साह (नेबिल बैंक ) , मनिष सिंह (एनआई क्यामपस ) , छिपहरमाइ गा.पा मेयर मनोज गुप्ता ,साबिन बस्नेत , निसन्त लामीछाने ,डा. अनुज यादव , डा. कैशल ,आलोक चौरसीया ,सन्तेस पटेल ,रोशन श्रेष्ट ,रोशन गुप्ता ,मुकेश सिंह , गोविन्द ,वाड अध्यक्ष राजकिशोर गुप्ता ,अजित मिश्रा लगाएतका दाताहरु सहयोग गरेका अध्यक्ष निजामले बताउँनु भयो । हेल्प डेस्कबाट वीरगन्जका विभिन्न ठाउमा ३ सय २६ जनालाइ राहत दिएको हेल्प डेस्कका सयोजक रवि गुप्ताले जानकारी दिनु भयो ।
गुप्ताले प्रति परिवारलाई १० के.जी, चामल २ के.जी आलु, २ के.जी, प्याज १ के.जी दाल, नुन १ प्यकेट, तेल १ प्यकेट सहित राहत बितरण गरिएको जानकारी दिनुभयो । राहत बितरण कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य रवि गुप्ता , चन्दन गुप्ता , नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य अकलेश साह , संघका सदस्यहरु राकेश साह, हेमन्त तामाङ ,प्रकाश रौनियार, दाउद हवारी, दिलिप रौनियार ,कुनान पटेल ,मुकेश साह र बिकाश साह लगायतको सक्रिय सहभागिता रहेको थियो ।