बिरगंज: नेकपा एमाले पर्साको ९औं जिल्ला अधिवेशन निर्वाचन प्रक्रिया बाट सम्पन्न भएको छ । पर्सा जिल्लामा एमाले भित्रको नेताहरु बिचको बिवादलाई पछयाउदै आईतवार निर्वाचन प्रक्रियाले अधिवेशन सम्पन्न भएको हो । पछिल्लो समयमा नेताहरु बिचको तालमेल नमिलेको कारणले पार्टीमा बिवाद भएको कार्यकर्ताहरुको भनाई छ ।
पर्सा जिल्लामा करिव १२ बर्ष पछि लोकतान्त्रीक प्रक्रियाबाट अधिवेशन सम्पन्न भएको निर्वाचित अध्यक्ष विश्वम्भर शर्माले जानकारी दिए । उनले यस अघि पार्टी भित्र नेताहरुको आपसी सहमतीमा जिल्ला संयोजक तोकेर मात्र पार्टी चल्दै आएको बताए ।
यस बर्ष पनि जिल्ला अधिवेशन सम्बन्धमा नेताहरु बिच आपसी सहमती नमिलेको कारणले चुवाबी प्रक्रियाबाट अधिवेशन सम्पन्न भएको देखिन्छ ।
पर्सा जिल्लामा पार्टीलाई केही नेताहरुले आफ्नो बिरासत बनाएर राखेको स्थानीय नेताहरु बताउ छन । पार्टी भित्र नेताहरुको मनमोटाव र एकलौटी बिरासतलाई समाप्त पार्दै अधिवेशन सम्पन्न गराउन माथिलो निकायले खेलेको भुमिका प्रति कार्यकर्ताहरु खुसि भएका छन ।
पर्सामा पार्टीको केन्द्रिय सकुर्लर अनुसार बैशाख १७ र १८ गते अधिवेशन हुने तय भएको थियो । १७ गते खुल्ला सत्र समाप्त हुदै बन्द सत्रमा सहमतीबाट अधिवेशन गराउन प्रस्ताव आएको थियो । तै पनि जिल्ला भित्रका नेताहरुको आपसी तालमेल नमिले पछि सो प्रस्ताव माथि कार्यकर्ताहरुले निरासा देखाउदै बिवाद गरेका थिए ।
पार्टी भित्रको बिवादलाई मध्यनजर गर्दै माथिल्लो निकायबाट कार्यकर्ताहरुको परिश्रमलाई सम्मान गर्दै लोकतान्त्रीक प्रक्रियाबाट अधिवेशन गराउन निर्देशन आएको थियो ।
पर्सा जिल्ला अधिबेशनमा बिभिन्न बिकृति र बिसंगृतीको सामना गर्दै छिपहरमाई गाउँपालिका अध्यक्ष एवं पुर्व जिल्ला सचिव समेत रहेका मनोज कुमार गुप्ताले लोकतान्त्रिक प्रक्रियाबाट अधिवेशन सम्पन्न गराउन अहम् भुमिका रहेको कार्यकर्ताहरु बताउछन।
लोकतान्त्रीक प्रक्रियाबाट अगाडी बढेर मनोनय दर्ता भएको थियो र जिल्ला अध्यक्षमा विश्वम्भर शर्मा, हनिफ मिया जोलहा र कुनाल महतो थारु सहित तिन जनाले उम्मेदवारी दिएका थिए ।
मनोनय दर्ता पछि हनिफ मिया जोलहा र कुनाल महतो थारुले आफ्ना उम्मेदवारी फिर्ता लिएका थिए । अध्यक्षका दुई प्रतिस्पर्धाी उम्मेदवारी फिर्ता लिएसंगै एमालेको पर्सा जिल्ला अध्यक्षमा डाक्टर विश्वम्भर शर्मा सोही दिन निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी उपाध्यक्षसहितका पदाधिकारी चयनका लागि गत शुक्रबार राति मतदान भएको थियो । शनिबार दिउँसोदेखि सुरु भई आइतबार साँझ सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार, उपाध्यक्षमा मनोज कुमार गुप्ता निर्वाचित भएका छन् । गुप्ता ३२६ मतका साथ उपाध्यक्षमा निर्वाचित हुदँँ उनका प्रतिस्पर्धी लालबाबु शेखले १६६ मत मात्रै पाएका हुन ।
यसैगरी सचिवमापनि अध्यक्ष शर्माकै प्यानलका महेस दास २३९ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नवराज शर्माले २३३ मत पाए । उपसचिव (खुल्ला)मा नविजान मियाँ २०२ मतका साथ विजयी हुदाँ उनका निकटतम प्रतिस्पर्धी रामकिशोर सिंह परागले १९१ मत मात्रै पाउन सकेको निर्वाचन समितिले जनाएको छ । गुप्ता, दास र मियाँ तीनै्र जना अध्यक्ष शर्माकै प्यानलका हुन् ।
उपसचिव(महिला)मा सीतादेवी लामा २४६ मतका साथ निर्वाचित हुदाँ उनकी प्रतिस्पर्धी गीता भण्डारीले २०५ मत मात्रै पाइन् । लामा शर्मा इतर पक्षकी हुन् । यस्तै लेखा समितिको अध्यक्ष शीवजी गुप्ता २७७ मतका निर्वाचित भएका छन् । लेखासमितिको उपाध्यक्षमा गोविन्द प्रताप श्रेष्ठ भने यसअघिनै निर्विरोध निर्वाचित भइसकेका छन् । नेकपा एमाले पर्साको उपाध्यक्षसहितका पदाधिकारीमा एक उपसचिवमा नवनिर्वाचित जिल्ला अध्यक्ष डाक्टर विश्वम्भर शर्माकै प्यानल विजयी भएको छ ।
यस्तै जिल्ला कमिटी सदस्यमा यशवन्त यादव अजय कुमार गुप्ता, खुर्रम आलम, प्रदीप यादव, पवन यादव, अली अकबर अन्सारी, रामप्रसाद यादव, अर्जुन श्रेष्ठ, खड्ग बहादुर श्रेष्ठ, अल्का प्रधान,उर्मिला देवी, अफजल हुसेन, जालिम मियाँ, केशर बहादुर विक, मञ्जु देवी, सिन्धु देवी, सुरेन्द्र पासवान, उद्धव बहादुर उप्रेती, तैयब अन्सारी, सिकन्दर कुर्मी, धर्मशीला कुशवाहा, पूजा बस्नेत, मुना दाहाल,लक्ष्मी पराजुली, सबिता गिरी , प्रदीप चौरसिया,बाबुराम खनाल ,विमल पौडेल ,विचारी यादव लगायतका निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत भोजराज पौडेलले जानकारी दिए ।
उपाध्यक्षसहितका पदाधिकारी ,जिल्ला कमिटी सदस्य र लेखासमिति चयनका लागि शुक्रबारराति भएको मतदानमा कूल ५३३ मत खसेको थियो ।