बिरगंज, १७ बैशाख
पर्सा जिल्लाको मुटुमा रहेको बिरगंजको घण्टाघर स्थित श्री नेपाल रेल्बे मा. बि का प्राध्यापक प्रभु रौनियारले आफ्नो र आफ्नो साडु भाइ लेखापाल जगमोहन रौनियारको गल्ती लुकाउन विभिन्न प्रण्च गर्दै छ्न ।
एक दसक भन्दा लामो समय देखि सो बिधालयमा ब्यवस्थापन समिती न हुदा कमाइ खाने भाडो बनाएका लेखापाल जगमोहन रौनियारले आर्थिक लोभका कारण सोही बिधालयमा कार्यालय सहयोगीको पदमा कार्यरत पर्सा जिल्ला श्रीपुर पचगावा बस्ने ब्रीजमोहन दास थारुको मिति करिब २०७७ सालमा उमेरहद पुगेर जागिर अवधी समापत भएको थियो ।
कसरी भयो न्युक्ती
बिधालयमा सो समय ब्यवस्थापन समिती न भएको फाइदा उठाउदै तत्कालीन समयमा वडा अध्यक्ष मनोज गुप्ताको अध्यक्षतामा तथस्ठ समिती गठन गरि बिधलयमा कार्यरत बिधालय सहयोगी थारुको छोरी सान्ती कुमारी लाई मिति २०७८ सालमा सोही पदमा नियुक्ति गरियो जुन आफैमा कानुन सम्वत मिल्दैन । यति मात्र हैन २०७८ साल देखि लेखापाल जगमोहन रौनियारले आर्थिक लोभ लालचका कारण छोरी सान्ती कुमारी को नाममा उनका बुवा बृज मोहन थारुले नै सम्पुर्ण काम गर्दै आएका थिए तर तलब र नियुक्ति पत्र भने छोरी सान्ती देबिको नामा गरिएको थियो ।
कसरी खुल्यो पोल
मिति २०७९ सालमा बिधालयमा नयाँ बिधालय ब्यवस्थापन समितीको चुनाव गरि बिजय रौनियारको अध्यक्षतामा कमिटिले पुर्नता पाएको थियो बिधालयमा कुनै समस्या न देखिएको कारण ब्यवस्थापन समितीको ध्यान बिधालय सहयोगी तिर गएन ।
तर बिधालयमा नयाँ प्र.अ प्रभुरौनियारले कार्यभार समभाले लगतै बिधालय ब्यवस्थापन समितिले सम्पुर्ण शिक्षक तथा कर्म चारिको नाम बिधालयमा लगाउन भन्यो र प्र. अ ले लामो समय समा आल्टाल गर्दा करिब ५ महिना पहिला सो बोड लगाए । बोडमा कर्याल सहयोगीको ठाउमा सान्ती कुमारी देखेपछी ब्यवस्थापन समितिले उनको नियुक्ति छ छैन बारे चासो देखाउदै नियुक्ति पत्र देखाउन भन्यो तर लेखापाल ले बहाना बनाउदै आल टाल गरे । उनले पुराना प्र.अ ले राखेको बताए । दिन बित्दै गयो पत्र भने देखाइएन
राता रात कसरी भगाइयो बृजमोहन थारु लाई
बिधालय ब्यवस्थापन समितिले नियुक्ति प्रकृया देखाउन र बोडमा लेखिएको नाम कस्को हो र किन छ । भन्ने प्रसन गर्दा लेखा पाल जगमोहन रौनियारले एका एक बिधालय सहयोगी बृजमोहन चौधरी लाई गत फागुनमा रातारात दवाव बनाइ बिधालय बाट भगाए र यता आफ्नै साडुभाइ लाई बचाउन प्र.अ प्रभु रौनियारले भोली पल्ट नै चौधरिको छोरी लाई बिधालय बाट राजिनामा न दिए तिम्रो बुवा जेल जाने डर धाक देखाउदै राजिनामा दिन लगाए । र ब्यवस्थापन समिति समछ पेस गरे तर सो राजिनामा लाई ब्यवस्थापन समितिले लिन अस्विकार गर्यो अहा बाट बिधालय ब्यवस्थापन समिती लाई ठेगान लगाउन प्र.अ प्रभु रौनियार र साडु लेखापाल जगमोहन रौनियारले जालो बुन्न थाले को बिधालय ब्यवस्थापन समितीका अध्यक्ष बिजय रौनियारले बताए।
के के बुनियो जालो ?
- आफू बन्धक बाइएको झुटो किन बोले प्र.अ प्रभुले
-कसरी मेयर राजेसमानको पाए साथ ?
-शिक्षा समितीका प्रमुख अरबिन्द लाल कर्णको दोहरो नीति ?
- कसरी लेखापाल जगमोहनले किर्ते गरि आफू भए थाइ कर्म चारी र ४५ हजार मासिक तलब कसरी खाए ।
- केहो पुस्तकालय बिवाद ?
यश बारे थप प्रामाण सहित अर्को अकमा देखाउने छौ