वीरगन्ज ९ जेठ : नेपाल जेसीजको आयोजना तथा वीरगन्ज जेसीजको सहकार्यमा आज वीरगन्ज जेसीजले साहिब दरबार सेवा संस्थान, समर्पण सेवा संस्था, स्टार मार्वल एंड सेनेटरी प्रा लि द्वारा संचालन गरिएको निःशुल्क भोजन शिविर मा ६२५ केजी चामल र २० लिटर खाने तेल सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
कोभिड १९ को दोस्रो भेरियन्टबाट कैयौं मुलुकहरू प्रभावित भइरहेको अवस्थामा प्रभावित मुलुकहरू मध्ये नेपाल पनि उच्च जोखिममा रहेको र यसै महामारीको कारण दैनिक ज्यालादारी गर्दै आइरहेका, गरीब तथा विपन्न वर्गहरूको लागि भोजन व्यवस्थापन गर्न उक्त खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरिएको नेपाल जेसिजका राष्ट्रिय तालिम आयुक्त जेसी मनिष श्रेष्ठले बताउनु भएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा वीरगन्ज जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी रञ्जन राउत, निवर्तमान अध्यक्ष जेसी मुकेश सिंह, नेपाल जेसिजका राष्ट्रीय तालिम आयुक्त जेसी मनिष श्रेष्ठ, वीरगन्ज जेसिजका पूर्व अध्यक्ष निशान्त लामिछाने र शेखर चौधरी लगायत बोर्डका पदाधिकारीहरुको उपस्थिति रहेको र कार्यक्रममा पाटन जेसिज, शुक्ला गण्डकी जेसिज, धरान जेसिज, हेटौडा जेसिज, गैंडाकोट जेसिज, रजनी सचेतना फाउन्डेसन, लमजुङ जेसिज, तरहरा जेसिज, नारायणगढ जेसिज, सिमरा जेसिज, बस्तीपुर जेसिज, हेटौडा लेडी जेसिज, म्याग्दी जेसिज र पोखरा लेडी जेसीजले पनि सो अभियानमा सहयोग गरेको वीरगन्ज जेसिजका सदस्य जेसी रविन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।