बिरगंज, ५ बैशाख
पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेल आएको केही महिनामै ठुलो मात्रा मा कामहरु भैरहेको छ। आएको डेढ महिना नै इतिहास कायम गर्नु भएको छ। पर्सा प्रहरी अमन चयन देखि हरेक कुरा मा सफल्ता हासिल गरेकै बुझिन्छ। अबैध छोटो समय मै भन्सार छली ल्याईएका सामानहरु बहुसंख्या रुपमा समातेर भन्सार बुझाएको देखिन्छ। पर्सा प्रहरी प्रमुख ढुङ्गेल भन्छन " कानुनलाई ठगेर मिचेर काम गर्न कोहि कसैलाई छुट छैन... । यहाँ को बजारी करणलाई पहिलो प्राथमिकता दिनु पर्छ त्यति भन्दै गर्दा अपराधी गतिविधि गर्नेलाई भने कहिँ कतै बाट छुट छैन। कानुन को परिधी भित्र बसेर जनतालाई जनता कै सेवक भएर काम गर्नु छ....
म कम्जोर हुनु भनेको पर्सा प्रहरी कम्जोर हुनु हो त्यही भएर हामी थिती बसाल्ने कोशिस गर्दै छौ...
म भन्दा पछाडि को आउँछ थाहा छैन तर म रहुन्जेल कहिँ पनि चुक्ने छैन "पर्सेली जनता को साथ आवश्यक पर्छ सबै सम्भब छ" ढुङ्गेल बताउँछन... ।
पर्सा प्रहरी ले गरेको दुई दिनका विशाल सफल्ता जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा मंगलबार राति करिब ०१:३० बजेको समयमा बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त राति वीरगञ्ज बाट कंचनपुर तर्फ जाँदै गरेको ना. ६ ख ६५१२ नम्बरको ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. ०८, घण्टाघर चोक स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अंदाजी मूल्य रू. ६१ लाख १४ हजार ८७ बराबरको औषधी तथा खुद्रा सामानहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अगाडि बडाएको छ। त्यसै गरि बैशाख ०५ गते पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ गरेको छ । प्रहरीले १७ लाख ७२ हजार ७३० मूल्य बराबरका सामानसहित पशुचौपाया पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा जाँच गर्दा जिल्लाका फरकफरक स्थानहरुबाट भन्सार छलीका सामानसहित पशु नियन्त्रणमा लिइएको छ।
पर्साबाट खटिएको टोलीले बीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट ७ लाख ३२ हजार ७३० मूल्यका सामानहरु पक्राउ गरेको बताए । उनका अनुसार प्रहरीले कुर्ता सुरुवाल ३१५ पिस, टप्स ८०२ पिस, कुर्ता बनाउने थान कपडा २०० मिटर, कार्पेट रोल ३, मोबाईल चार्जर ३९० पिस, मोबाईल ब्याट्री सानो ४८ पिस, एयर बड्स ३ पिस, डिस्पले २४ पिस, टेम्पर ग्लास १२० पिस, डाटा केबल ८० पिस, मोबाइल कभर ६३ पिस, प्याज १३८८ के.जी, १३० केजी.र मिट मसाला ८० केजी नियन्त्रणमा लिएको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय ठोरीले ठोरी गाउँपालिका २ बाट १० लाख ४० हजार मूल्यका पशुचौपायाहरु नियन्त्रणमा लिएको प्रहरीले बताए । ना.३ च १०८९ नम्बरको पिकअपमा भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा पाडाहरू ५ वटा, पाडी १ वटा गरी ६ गोटा र ना.३ च १०८९ नम्बरको सेतो पिकअप नियन्त्रणमा लिएको हो ।
बरामद सामानसहित पशु आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रमुख ढुङ्गेलले बताए ।