वीरगन्ज,१८ चैत
वीरगन्जको आदर्शनगर स्थित रहेको लर्डस दियालोको कि·स क्यासिनोमा आइतबार बिहान कुटाकुट भएको छ । क्यासिनोका संचालक कमल केसीले हिसाब किताब गर्नका लागि आफ्नो एजेन्टलाई बोलाई वादविवाद गर्न लगाएर क्यासिनो कै बाउन्सरबाट कुटपिट गर्न लगाएको समाचार छ ।
बिरगन्ज माईस्थान वडा नम्बर ६ बस्ने सन्दीप रौनियार लाई त्यहा कार्यरत बाउन्सर र वेटरले आफूलाई एक्कासी आक्रमण गरेको बताएका छन् । उनी क्यासिनोमा ग्राहक ल्याउने विश्वासपात्र व्यक्ति मानिन्छन् ।
क्यासिनोका कर्मचारी, बाउन्सरबाट निर्घात कुटपिटबाट रौनियारको ढाडमा गम्भीर चोटपटक लागेको छ । कि·्स क्यासिनोमा यस्तो घटना कुनै नौलो होईन, बिगतको दिनमा वीरगन्जको रामटोल निवासी दुंगेल थर भएका एक नेपाली क्यासिनोबाट लाखौं जिती रकम घर लान खोज्दा क्यासिनोको मुल गेट मै उनको टाउको फुटाइ रकम लुटपाट भएको थियो । उता केही दिन पहिला सरावगी थरका मारवाडीले ७० लाख जित्दा सो रकम समेत लिनको लागि निकै धौ-धौ भएको थियो ।
नेपालको कानुनले क्यसिनोमा नेपालीहरुको प्रवेश निषेध गरिएको भएतापनि यहा“ भारतीय नागरिक भन्दा बढी नेपालीहरुको प्रवेश गराईएको तथ्य बारम्बार सन्चार माध्यममा उजागर भएको अवस्था छ, तर पनि स्थानीय प्रहरी प्रशासनले कुनै पनि कार्यवाही नगरेको पिडितहरुले आरोप लगाएका छ्न । क्यासिनोमा नेपालीहरुले जुवातास, फ्लास खेलेर लाखौंलाख रुपैया हारेको कतिपय तथ्य प्रमाणहरु रहेको छ ।जबकी तासको प्रयोग गरी गेम खेल्न पाईदैन् । तसर्थ वीरगन्ज लगाएत बारा, पर्सा र रौतहट जिल्लाका अधिकांश युवाहरू घर जग्गा नगद हारेर बिल्लीबाठ भएको उदाहरण सजिलै भेट्न् सकिन्छ । साथै केहीले त आत्म हत्या समेत गरेको घटना हाम्रै समाजमा छ । वीरगन्जका मारवाडी समुदायका युवाहरु पनि क्यासिनो खेल्ने कार्यमा पल्केका छन ।
क्यासिनोमा विशेष गरी बैंक, बिमा, जग्गा कारोवारी, सुनचांदी कारोवारी र नेपाली नागरिकहरु प्रसस्तै मात्रामा जाने गरेको र उनीहरुलाई रोक्नु भन्दा झन बिल्लीबाठ बनाएर घर फर्काउने गरेको बताईन्छ । त्यसले गर्दा हारको कारण घर घरमा झै-झगडा हुने र हारेको व्यक्तिहरु चोरी, डकैतीमा एवम् कुलतमा फस्ने गरेको बताईन्छ । पर्सामा हाल निकै कडा र चर्चित एसपी कुमोद ढुंगेल कार्यरत रहेको बेला सामाजिक विकृतिको वाहकको रुपमा रहेको क्यासिनो व्यापारमा कति नेपाली वरवाद हुने हो वा उनीहरु यसबाट मुक्त हुन्छन त्यो भने प्रतिक्षाको विषय बनेको छ ।