वीरगन्जः कुर्मी सशक्तीकरण मञ्च पर्साको दोस्रो बैठक सम्पन्न भएको छ ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर २४ स्थित कुर्मी सेवा सदनको सभा हलमा बैठक सम्पन्न भएको हो ।
शनिवार कुर्मी सशक्तीकरण मञ्च पर्साका अध्यक्ष दिपक पटेलको अध्यक्षतामा सम्पन्न बैठकले बिभिन्न बिषयमा छलफल गर्दै रामनवमीको अवसरमा
बैशाख ५ गते रामनवमी पुजा धूमधामका साथ मनाउने निर्णय गरेको सचिव देव प्रकाश पटेलले जानकारी दिए । यसैगरी सो अवसरमा कुर्मी सशक्तीकरण मञ्च पर्साको आयोजनामा कुर्मी सेवा सदनको प्राङ्गनमा २४ घण्टा अष्ठजाम पूजा गर्ने, राम नवमीका दिन श्रीराम भगवानको झण्डा सहित नगर परिक्रमा गर्ने र पर्सा जिल्लाको हरेक स्थानिय तहमा कुर्मी समाजको कमिटी बिस्तार गर्ने निर्णय गरिएको सचिव पटेलले बताए ।
बैठकबाट विगतको बर्षमा गरिएको रामनवमी पूजाको पनि समिक्षा गरेर यसपालीको रामनवमी पुजाको दिन भब्य सहभागीता जुटाउन अध्यक्ष पटेलले सम्पुर्ण कुर्मी समाजमा आग्रह गरेका छन । उनले पुरानो आयोजक समितिलाई धन्यबाद दिदैं कमिटीका पदाधिकारी सदस्यहरुलाई आज देखी नै प्रचार प्रसारमा लाग्न आग्रह समेत गरेका हुन ।
सो अवसरमा कुर्मी सशक्तीकरण मञ्च पर्साका अनील पटेल, राजेश पटेल, मायानिधि पटेल, नरेश पटेल, गौरव सन्तोष पटेल, अनिल कुर्मी, दीपेन्द्र सिंह पटेल, सुरेन्द्र कुर्मी, बाके बीहरी पटेल, कवीर पटेल, हरेन्द्र पटेल लगायतको उपस्थिती रहेको थियो ।