लेखक : फुल महम्मद मियाँ
नेपाल रेडक्रस सोसाईटी प्रदेश न. २ को
अध्यक्ष
शिक्षा व्यक्तिको नैसङ्र्गिक अधिकार हो । शिक्षा मानिसको नभई नहुने आधारभूत आवश्यकता हो । त्यस्तै शिक्षा कुनै पनि राष्ट्रको विकासको पूर्वाधार हो, उन्नतिको मुहानहो ।कुनै पनि देशको समग्र विकास र उन्नतिको लागि शिक्षाको विकास र उन्नति अपरिहार्य हुन्छ । जुन देशमा शिक्षाको स्तर उच्च छ त्यो देश हरेक क्षेत्रमाप्रगति गरेको छ त्यसैले शिक्षालाई मानिसको तेश्रो आँखापनि भनिन्छ ।
अविकसित र विकासेन्मुख देशहरुले आप्mनो राष्ट्रको विकास र उन्नतिको लागि योजना निर्माण गर्दा शिक्षालाई प्राथमिकतामा राखी सोही अनुसारको बजेट र कार्यक्रम निर्माण गरि कार्यान्वय नगर्न लगानी गर्यो भन्ने मात्र शिक्षाले फड्को मार्छ ।
शिक्षा मुलुकको माटो सुहाउदो बैज्ञानिक अन्तर्राष्ट्रिय परिवेशमा प्रतिस्पद्र्या गर्न सक्ने रोजगारमूलक, व्यवशायिक र प्राविधिक शिक्षा दिन सके मात्र व्यक्ति, समाज र राष्ट्रको उन्नति हुन सक्छ ।
नेपालको शिक्षा प्रणाली अहिले पनि समय सापेक्ष, बैज्ञानिक,अन्तर्राष्ट्रिय परिवेश संग प्रतिस्पर्धा गर्न सक्ने, प्राविधिक,व्यविशायिक र रोजगारमुलक किसिमको छैन र सो अनुसारको लगानीपनि नेपाल सरकारले गरिरहेको छैन । नेपालमा शिक्षालाई व्यापारी करण गरिएको छ । सरकारले आप्mनो लगानीबाट बच्नयसलाई प्रोत्साहितगरि राखेकोेछ जसलेगर्दा शिक्षा सबैको पहुचँभन्दा टाँढा छ । नेपालको शिक्षानीति, नियम, पाठ्यक्रम, योजना, कार्यान्वयन प्रणाली र अनुगमन प्रभावकारी र स्वचालितहुदैन साथै यसलाई कार्यान्वयनगर्न आवश्यक प्रर्याप्त लगानी सरकारले गर्दैन तब सम्म नेपालको शिक्षाउँभो लाग्दैन ।
नेपाल सरकारले हरेक वषर््ा शिक्षामालगानीगर्दै आएपनिउक्तलगानीबालुवामापानीखन्याएझै भई रहेको छ । नेपाल सरकारले प्रत्येक वर्षको वाषर््िाकआर्थिक बजेटमा शिक्षाको लागि बजेट छुटुयाएको देखिन्छ तर समग्र शिक्षाको आवश्यकताको आधारमानपुग देखिन्छ । यहाँ नेपाल सरकारले कूल बजेटमा शिक्षाको लागि १० वर्ष देखि विनियोजन गरेको तुल्नात्मकबजेट राखिएको छ ।
आर्थिक वर्ष बजेट रकम प्रतिशत आ.ब बजेट रकम प्रतिशत
२०६७।०६८ ३ खर्ब ३७अर्ब १७.१ % २०७२।०७३ ८ खर्ब १९ अर्ब १२ %
२०६८।०६९ ३ अर्ब ८४ अर्ब १६.६ % २०७३।०७४ १० खर्ब ४८ अर्ब ११.१ %
२०६९।०७० ४ खर्ब ४ अर्ब १५.७ % २०७४।०७५ १२ खर्ब ७८ अर्ब ९.९%
२०७०।०७१ ५ खर्ब १७अर्ब १५.६ % २०७५।०७६ १३ खर्ब १२ अर्ब १०.२ %
२०७१।०७२ ५ खर्ब ९४ अर्ब १५.४ % २०७६।०७७ १५ खर्ब ३२ अर्ब १०.६%
साथै चालु आर्थिक बर्ष २०७७।०७८ को लागि १७खर्ब ७४ अर्ब अर्थात कूल बजेटको ११.६ % प्र्रतिशत छुट्याएको देखिन्छ । माथिको डाटा हेर्दा उँभोलाग्ने शिक्षाको स्तर र गुणस्तरियताको लागिकूल बजेटमा शिक्षातर्फको लगानीको प्रतिशतओरालो लाग्ने गरेको प्रष्ट देखिन्छ । यसबाट प्रष्ट के बुझिन्छ कि नेपाल सरकार शिक्षालाई प्राथमिकतामा राखेको छैन । नेपालमा सामुदायिक (सरकारी) शिक्षालयहरुको भौतिक अवस्थाका साथै गुणस्तर सम्मखस्किदो अवस्थामा छ तर नेपाल सरकार उदासिन देखिन्छ चासो नदिएको अवस्था छ जसले गर्दा शिक्षामाव्यापारीकरण मौलाउदै गएको छ । शिक्षालयहरु भौतिकपूर्वाधार कक्षाकोठा, फर्निचर, शौचालय, खेलमैदानआदि, प्राविधिकशिक्षाको साधन स्रोत, पाठ्यक्रम, पाठयपुस्तक, विद्यालयकर्मचारी, शिक्षक, दिवाखाजा, छात्रबृति, प्रयोगशाला, पुस्तकालय, साक्षरता अभियान लगायत अन्यकार्यको लागि अनुत्पादक क्षेत्रको बजेटलाई शिक्षामा लगानी गरी हरेक पक्षको गतिविधि समानुपातिक रुपमा संचालनगर्न सरकारले बजेटमा लगानी बृद्धि गर्नु अतिआवश्यक देखिन्छ । सरकारले लगानी बृद्धि गरी शिक्षामा सबैको पहुँचहुनै बातावरण सृजना गरे शिक्षामाव्यापारीकरण हटछ र गरीब निमुखा बालबालिकापनि सहज रुपमाशिक्षाहासिलगर्न सक्छन तथा सरकारी र नीजीबिद्यालयको शिक्षाको खाडल पुरिन्छ । शिक्षा क्षेत्रको उत्थानको लागिक्रियाशील राष्ट्रिय स्तरको संस्थाशिक्षाको लागि राष्ट्रिय अभियान (ल्ऋभ्) नेपाल,जिल्ला समन्वय समितिहरुले जिल्ला स्थित शिक्षामाकामगर्ने बिभिन्न गैर सरकारी संस्थाहरुको समन्वयमाविबिधकार्यक्रमहरु गर्दै शिक्षामालगानी बृद्धिको सुनिश्तिताकालागि तीनबटै तहका सरकारलाई प्रेरित गर्न वकालतगरि रहेको छ ।
तसर्थ हाल नेपालको सामुदायिक÷सरकारीविधालयको बर्तमानशिक्षाको प्रमुख मुद्दाहरुमा कक्षाकोठाको आकार, गरिबी, पारिवारिक कारक, प्रबिधि, बुलिङ्ग, विद्यार्थीको प्रबृति र व्यवहार, अभिभावकको संलग्नताप्रमुख रहेको छ । तसर्थ यी मुद्दाहरुलाई संबोधनगर्नुका साथै शिक्षामादेखिएकाचुनौतिहरु जस्तै राजनैतिकअस्थिरता,हावीकर्मचारी तन्त्र,व्यवहारिक सिकाई पद्धतिकोकमी, जागिरको लागिशिक्षाआर्जन गर्ने मनोबृति हटाउदै नेपालको शिक्षा प्रणलीलाई उकास्न नेपाल सरकारको तीन वटै तहले शिक्षातर्फ लगानीमा बृद्धि गरी सोहीअनुसारको प्रणालीको बिकासको लागिउपयुक्त मापदण्ड निर्धारण, पूर्र्ण जवाफदेह, अभिभावकको पूर्ण संलग्नता, स्वायत क्षेत्र धोषणा, आधुनिकप्रविधिको प्रयोग, समय अनुकुलएवं अन्तर्राष्ट्र्रिय स्तरमाप्रतिस्पर्धा गर्न सक्ने पाठयक्रम, तालिमप्राप्तजनशक्ति समय समयमा समिक्षा र बिश्लेषण, व्यक्तिगतसिकाईको विकास, समयानुकुलतालिमको व्यवस्था, मुल्याङ्कन र अनुगमनगर्न सके नेपालको शिक्षा फड्को मार्न सक्छ । यसको लागि मुख्यआधार भनेको शिक्षामा पर्याप्तलगानी बृद्धि गर्नु नै हो ।