वीरगञ्ज: नेकपा एमाले निकट बिधार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिधार्थी युनियन (अनेरास्ववियु) पर्सा जिल्ला कमिटीको बैठक शनिबार सम्पन्न भएको छ।
अनेरास्ववियुका पर्सा जिल्ला संयोजक अजित साहको अध्यक्षता एवंम केन्द्रीय सचिव तथा मधेस प्रदेश ईन्चार्ज अंजना शिवाकोटीको प्रमुख अतिथ्यमा बैठक सम्पन्न भएको हो।
शनिबार बिरगंज महानगरपालिकाको वाड नम्बर २४ मनमोहन नगर स्थित पार्टी कार्यालयको सभा हलमा सम्पन्न बैठकले वैशाख २९ गते पर्सा जिल्ला कमिटीको अधिवेशन गर्ने, चैत मसान्तसम्म महिला भेला तथा प्रशिक्षण गराउने, निर्माण भएका पालिकाहरुको पदअधिकार भेल तथा बाकी रहेका पालिका निर्माण गर्ने निर्णय गरिएको छ।
यसैगरी क्यम्पस कमिटी र मा।बि। कमिटी निर्माण गर्ने र सम्पूर्ण पालिका, क्यम्पस र मा।बि । कमिटीको पदअधिकारिको चैत्र १७ गते बैठक राख्ने निर्णय समेत गरिएको हो।
बैठकमा नेकपा एमाले पर्सा जिल्ला संयोजक डा। भीश्वम्भर शर्मा, अनेरास्वबियु केन्द्रिय कमिटी सदस्य एवम जिल्ला इंचार्ज रेयाज अंसारी, अनेरास्वबियु प्रदेश उपाध्यक्ष जितेंद्र यादव, प्रदेश सदस्य एवम प्रचार प्रसार विभाग प्रमुख अर्जुन शाह, अनेरास्ववियु प्रदेश सदस्य अछेलाल कुशवाह , पुकर पटेल , अनेरास्ववियु बिरगंज महानगर सह इन्चार्ज अजित साह , अनेरास्ववियु पर्सा सचिव पवन यादव, अनेरास्ववियु ठाकुर राम कमिटी अध्यक्ष अरमान हासमि लगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्यमा मनोनीत हुनुभएकी महिला नेत्री मनिशा चौधरीलाई सम्मान समेत गरिको थियो।